default_image

6 years ago

July 26, 2018

युनाइटेडको जित, टोटेनह्यामलाई पनि सफलता

क्यालिफोर्निया (एजेन्सी) – इंग्लिस क्लब म्यानचेष्टर युनाइटेडले प्रि सिजन अन्तर्गतको इन्टरनेसनल च्याम्पियन्स कप फुटबलमा पहिलो जित निकालेको छ । अघिल्ला दुई खेलमा बराबरीको नतिजा निकालेको युनाइटेडले बिहिबार बिहान भएको खेलमा इटालियन क्लब एसी मिलानलाई सडन डेथमा जित निकालेको हो ।सडन डेथमा पुगेको खेलमा युनाइटेड ९-८ ले विजयी रह्यो । निर्धारित समयको खेल १–१ गोलको बराबरीमा […]

26 views

0 Bookmark

क्यालिफोर्निया (एजेन्सी) – इंग्लिस क्लब म्यानचेष्टर युनाइटेडले प्रि सिजन अन्तर्गतको इन्टरनेसनल च्याम्पियन्स कप फुटबलमा पहिलो जित निकालेको छ । अघिल्ला दुई खेलमा बराबरीको नतिजा निकालेको युनाइटेडले बिहिबार बिहान भएको खेलमा इटालियन क्लब एसी मिलानलाई सडन डेथमा जित निकालेको हो ।सडन डेथमा पुगेको खेलमा युनाइटेड ९-८ ले विजयी रह्यो ।

निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको हो । जसमा युनाइटेडले बाजी मा¥यो । १२ औं मिनेटमा एलेक्सिस साञ्चेजले गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए । तर, युनाइटेडको तयो अग्रता तीन मिनेट पनि टिकेन १५ औं मिनेटमा सुसोले बराबरी गोल फर्काए । त्यसपछि गोल निस्कन नसक्दा खेल पेनाल्टी सुटआउटमा धकेलिन पुग्यो ।

यता, बिहिबार बिहानै भएको अर्काे खेलमा इंग्लिस क्लब टोटनह्यामले सहज जित निकालेको छ । टोटनह्यामले इटालियन एएस रोमालाई ४–१ को सहज जित निकालेको हो । क्यालिफोर्नियामा भएको खेलमा टोटनह्यामलाई सहज जित दिलाउन फर्नान्डो लोरेन्टे र लुकास मोउराले समान दुई गोल गरे ।

रोमाका प्याट्रिक सेकले एक गोल गरे । टोटनह्यामले रोमाले लिएको सुरुवाती अग्रता उल्टाएर जित हासिल गरेको हो । तेस्रो मिनेटमा प्याट्रिकले गोल गर्दै रोमालाई सुरुवाती अग्रता दिलाएका थिए । तर, खेलको नवौं मिनेटमा लोरेन्टेले बराबरी गोल फर्काए । १८ औं मिनेटमा लोरेन्टले व्यक्तिगत दोस्रो गोल गर्दै अग्रता २–१ मा ल्याए । २८ औं मिनेटमा पहिलो गोल गरेका मुराले ४४ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै टोटनह्यमलाई ४–१ को सहज जित दिलाए ।

May 2, 2024

पिएसजी विरुद्ध डर्टमुण्डको अग्रता

एजेन्सी – युरोपेली च्याम्पियन्स लिगको दोस्रो सेमिफाइनलको पहिलो लेगमा जर्मन टोली बोरुसिया डर्टमुण्डले अग्रता लिएको छ । घरेलु मैदानमा बुधबार भएको पहिलो लेगमा डर्टमुण्डले फ्रेन्च टोली पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई १-० हराएको छ । डर्टमुण्डको जितमा स्ट्राइकर निकलास फुलक्रुगले खेलको ३६औं मिनेटमा गोल गरे । डिफेन्स लाइनबाट निको श्लोटरबेकले दिएको उत्कृष्ट पासमा अफसाइड ट्र्याप […]

May 1, 2024

च्याम्पियन्स लिग सेमिफाइनलमा डर्टमुण्ड र पिएसजी भिड्दै

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत दोस्रो सेमिफाइनलको पहिलो लेगमा आज राती बोरुसिया डर्टमुण्ड र पेरिस सेन्ट जर्मान (पिएसजी) भिड्दै छन् । राती १२:४५ बजे सुरु हुने खेल डर्टमुण्डको घरेलु मैदान सिग्नल इडुना पार्कमा सुरु हुनेछ । यी दुवै टोली यसै सिजन च्याम्पियन्स लिगको एकै समूहमा रहेका थिए । समूह चरणको दुई खेल मध्य एक […]

May 1, 2024

आयोजक र काठमाडौं गोदावरी मेयर कपको क्वार्टरफाइनलमा

ललितपुर (हाम्रो खेलकुद) – आयोजक गोदावरी नगरपालिका र काठमाडौं महानगरपालिका गोदावरीमा अन्तर पालिका खुल्ला मेयर कप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेका छन् । गोदावरी १० टाहाखेल–झ्यालुन्टारस्थित प्रस्तावित गोदावरी बहुउद्देश्यीय रंगशालामा बुधबार ललितपुर महानगरपालिकालाई पेनाल्टी सुट आउटमा ५–३ ले हराउँदै गोदावरी बि अन्तिम आठमा पुगेको हो । अर्को खलमा काठमाडौं महानगरपालिकाले बुढानिलकण्ठ नगरपालिकालाई पेनाल्टी सुटआउटमा ४–२ […]

Success

Thank you for your time.