default_image

6 years ago

July 26, 2018

एसियाड र साफका लागि नेपालले थाइल्यान्डमा प्रशिक्षण गर्ने, अर्को साता जाने

काठमाडौं (हाम्रो खेलकुद) – इन्डोनेसियामा अर्को महिना हुने आसन्न एसियाड र बंगलादेशमा हुने साफ च्याम्पियनसिपका लागि नेपाली फुटबल टोलीले थाइल्यान्डमा विशेष प्रशिक्षण गर्ने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार नेपालले थाइल्यान्डमा १० दिन लामो विशेष प्रशिक्षण र दुई अभ्यास खेल खेल्ने पक्का भएको बताएको छ । एन्फाका अनुसार २९ सदस्यीय खेलाडी […]

22 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – इन्डोनेसियामा अर्को महिना हुने आसन्न एसियाड र बंगलादेशमा हुने साफ च्याम्पियनसिपका लागि नेपाली फुटबल टोलीले थाइल्यान्डमा विशेष प्रशिक्षण गर्ने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार नेपालले थाइल्यान्डमा १० दिन लामो विशेष प्रशिक्षण र दुई अभ्यास खेल खेल्ने पक्का भएको बताएको छ ।

एन्फाका अनुसार २९ सदस्यीय खेलाडी र अफिसियलको टिम ३ अगस्टमा थाइल्यान्ड प्रस्थान गर्नेछ । नेपालले प्रशिक्षणमा रहँदा थाइल्यान्डको राष्ट्रिय टोली र शीर्ष डिभिजनको एक क्लबसँग मैत्रीपूर्ण खेल खेल्ने तय भएको एन्फाका प्रवक्ता किरण राईले जानकारी गराए । एसियाड १४ अगस्टबाट १ सेप्टेम्वरसम्म र साफ च्याम्पियनसिप ४ सेप्टेम्वरबाट बंगलादेशमा शुरु हुनेछ ।

एसियाडमा नेपाल समूह ‘डी’ मा रहेको छ । नेपाल रहेको समूहमा जापान, भियतनाम र पाकिस्तान रहेका छन् । यस्तै साफ च्याम्पियनसिपमा नेपाल आयोजक बंगलादेश, पाकिस्तान र भुटान रहेका छन् । नेपालले एसियाड र साफ च्याम्पियनसिपका लागि पछिल्लो तीन महिनादेखि निरन्तर प्रशिक्षण गरिरहेका छन् ।

एसियाड र साफ च्याम्पियनसिपको सम्भावित टोली
१. अभिषेक रिजाल
२.आदित्य चौधरी
३. एलेन न्यौपाने
४. अनन्त तामाङ
५. अन्जन विष्ट
६. भरत खवास
७. विकेश कुथु
८. विमल घर्तीमगर
९. विराज महर्जन
१०. बिशाल राई
११. देवेन्द्र तामाङ
१२. दिनेश राजवंशी
१३. गौरव बुढाथोकी
१४. जर्ज प्रिन्स कार्की
१५. हेमन गुरुङ
१६.हेमन्त थापामगर
१७. कमल श्रेष्ठ
१८. किरण चेम्जोङ
१९. नवयुग श्रेष्ठ
२०. रविन श्रेष्ठ
२१. रोहित चन्द
२२. सन्तोष तामाङ
२३. सोजित गुरुङ
२४. सुजल श्रेष्ठ
२५. सुमन अर्याल
२६. सुमन लामा
२७. सुनिल बल
२८. तेज तामाङ
२९. छिरिङ गुरुङ

May 2, 2024

पिएसजी विरुद्ध डर्टमुण्डको अग्रता

एजेन्सी – युरोपेली च्याम्पियन्स लिगको दोस्रो सेमिफाइनलको पहिलो लेगमा जर्मन टोली बोरुसिया डर्टमुण्डले अग्रता लिएको छ । घरेलु मैदानमा बुधबार भएको पहिलो लेगमा डर्टमुण्डले फ्रेन्च टोली पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई १-० हराएको छ । डर्टमुण्डको जितमा स्ट्राइकर निकलास फुलक्रुगले खेलको ३६औं मिनेटमा गोल गरे । डिफेन्स लाइनबाट निको श्लोटरबेकले दिएको उत्कृष्ट पासमा अफसाइड ट्र्याप […]

May 1, 2024

च्याम्पियन्स लिग सेमिफाइनलमा डर्टमुण्ड र पिएसजी भिड्दै

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत दोस्रो सेमिफाइनलको पहिलो लेगमा आज राती बोरुसिया डर्टमुण्ड र पेरिस सेन्ट जर्मान (पिएसजी) भिड्दै छन् । राती १२:४५ बजे सुरु हुने खेल डर्टमुण्डको घरेलु मैदान सिग्नल इडुना पार्कमा सुरु हुनेछ । यी दुवै टोली यसै सिजन च्याम्पियन्स लिगको एकै समूहमा रहेका थिए । समूह चरणको दुई खेल मध्य एक […]

May 1, 2024

आयोजक र काठमाडौं गोदावरी मेयर कपको क्वार्टरफाइनलमा

ललितपुर (हाम्रो खेलकुद) – आयोजक गोदावरी नगरपालिका र काठमाडौं महानगरपालिका गोदावरीमा अन्तर पालिका खुल्ला मेयर कप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेका छन् । गोदावरी १० टाहाखेल–झ्यालुन्टारस्थित प्रस्तावित गोदावरी बहुउद्देश्यीय रंगशालामा बुधबार ललितपुर महानगरपालिकालाई पेनाल्टी सुट आउटमा ५–३ ले हराउँदै गोदावरी बि अन्तिम आठमा पुगेको हो । अर्को खलमा काठमाडौं महानगरपालिकाले बुढानिलकण्ठ नगरपालिकालाई पेनाल्टी सुटआउटमा ४–२ […]

Success

Thank you for your time.