default_image

6 years ago

July 26, 2018

एमएलएसमा फिलिप्सको कीर्तिमान, रुनीको टोली पराजित

वासिङ्टन (एजेन्सी)– ब्राडली राइट–फिलिप्सले मेजर लिग सकर (एमएलएस) मा सबैभन्दा छिटो १ सय गोल पुरा गर्ने खेलाडी बनेका छन् । डिसी युनाइटेडलाई १–० ले हराउँदा न्यू योर्क रेड बुल्सका लागि फिलिप्सले गोल गर्दै सय गोल पुरा गरेका छन् । सो खेलमा उनले गोल गर्ने अपेक्षा गरिएकोले तयारी पनि त्यहि अनुसारको थियो । खेलअघि उनले ९९ […]

21 views

0 Bookmark

वासिङ्टन (एजेन्सी)– ब्राडली राइट–फिलिप्सले मेजर लिग सकर (एमएलएस) मा सबैभन्दा छिटो १ सय गोल पुरा गर्ने खेलाडी बनेका छन् । डिसी युनाइटेडलाई १–० ले हराउँदा न्यू योर्क रेड बुल्सका लागि फिलिप्सले गोल गर्दै सय गोल पुरा गरेका छन् ।

सो खेलमा उनले गोल गर्ने अपेक्षा गरिएकोले तयारी पनि त्यहि अनुसारको थियो । खेलअघि उनले ९९ नम्बरको लगाएका थिए । दोस्रो मिनेटमा गोल लगत्तै उनले १०० अंक लेखिएको जर्सी लगाउँदै खुसीयाली साटेका थिए ।

फिलिप्पेले २००४ बाट व्यावसायिक फुटबल यात्रा सुरु गरेका थिए । उनको व्यावसायिक यात्राको म्यानचेस्टर सिटीबाट भएको थियो । सिटीमा रहँदा उनले प्रिमियर लिगका दुई सिजन ३२ खेल खे्रल्दै २ गोल गरेका थिए ।

त्यसपछि उनी साउथमप्टन, प्लेमाउथ आर्गिले, चार्लटोन एथलेटिक, ब्र्रेन्टफोर्ड हुर्दै न्युयोर्क रेड बुल्समा पुगेका थिए । उनले एमएलएसमा १ सय ५९ खेल खेल्दै १ सय गोलको कोसेढुङ्गा पुरा गरेका थिए । एमएलएसमा सय गोल पुरा गर्ने फिलिप्स ११ औं खेलाडी बनेका छन् ।

‘सय गोल पुरा गर्न उत्कृष्ट टोली विना सम्भव छैन । त्यस्तै प्रशिक्षण टोली पनि त्यत्तिकै सहयोग हुनुपदैछ , फिलिप्सले भने, हरेक समय साथ दिने परिवार छन् । म सबैलाई धन्यवाद दिन चाहन्छु । उनका बाबु आर्सनलका पूर्व खेलाडी इयान राइटले सामाजिक सञ्जालमार्फते छोराको सफलताको खुसी व्यक्त गरेका छन् ।

दोस्रो हाफमा मैदान प्रवेशका मौका पाएका इग्ल्यान्ड तथा म्यानचेस्टर युनाइटेडका पूर्व कप्तान डिसी युनाइटेडका वायन रुनीले भने खेलमा प्रभाव जमाउन सकेनन् ।

May 2, 2024

पाँचथर गोल्ड कपको हिसाब सार्वजनिक

दिपक बोहरा, पाँचथर दुई महिना अघि फिदिममा भएको चौथो पाँचथर गोल्ड कप प्रतियोगिताको हिसाब सार्वजनिक गरिएको छ । आयोजक पाँचथर क्लबले बुधबार फिदिममा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको आयव्यय सार्वजनिक गरेको हो । फिदिममा फागुन १२ गतेबाट १९ गते सम्म चलेको प्रतियोगितामा‌ ४६ लाख ६४ हजार ६ सय ६० रुपैयाँ आम्दानी भएको‌ थियो। त्यसमा ७ लाख […]

May 2, 2024

पिएसजी विरुद्ध डर्टमुण्डको अग्रता

एजेन्सी – युरोपेली च्याम्पियन्स लिगको दोस्रो सेमिफाइनलको पहिलो लेगमा जर्मन टोली बोरुसिया डर्टमुण्डले अग्रता लिएको छ । घरेलु मैदानमा बुधबार भएको पहिलो लेगमा डर्टमुण्डले फ्रेन्च टोली पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई १-० हराएको छ । डर्टमुण्डको जितमा स्ट्राइकर निकलास फुलक्रुगले खेलको ३६औं मिनेटमा गोल गरे । डिफेन्स लाइनबाट निको श्लोटरबेकले दिएको उत्कृष्ट पासमा अफसाइड ट्र्याप […]

May 1, 2024

च्याम्पियन्स लिग सेमिफाइनलमा डर्टमुण्ड र पिएसजी भिड्दै

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत दोस्रो सेमिफाइनलको पहिलो लेगमा आज राती बोरुसिया डर्टमुण्ड र पेरिस सेन्ट जर्मान (पिएसजी) भिड्दै छन् । राती १२:४५ बजे सुरु हुने खेल डर्टमुण्डको घरेलु मैदान सिग्नल इडुना पार्कमा सुरु हुनेछ । यी दुवै टोली यसै सिजन च्याम्पियन्स लिगको एकै समूहमा रहेका थिए । समूह चरणको दुई खेल मध्य एक […]

Success

Thank you for your time.