7 years ago
August 2, 2018
काठमाडौं (हाम्रो खेलकुद)– इंग्लिस प्रिमियर लिग ९इपिएल० मा आधारित रहेर प्रविधिबाट खेलिने फुट्टी फेन्टासी लिग शुरु भएको छ । ‘फ्यान्टसी फुटबल’ को लोकप्रियता बढिरहँदा कर्नर फ्लाग प्रालिले आयोजना गरेको प्रतियोगिताको दोस्रो संस्करण बुधबारबाट शुरु भएको कर्नर फ्लाग प्रालि सिइओ सौरभ घिमिरेले जानकारी गराए ।
फुट्टी फेन्टासी लिग प्रिमियर लिग जस्तै ९ महिनासम्म चल्नेछ । प्रिमियर लिगको अफिसियल साइटबाट बार्षिक ४५ लाखले फेन्टासी फुटबल खेल्ने गरेको र पछिल्लो बर्षको तथ्यांकअनुसार नेपालमा करिब ५० हजारले ‘फ्यान्टसी फुटबल’ खेलिरहेको उल्लेख छ । यो खेल मोबाईल, ल्यापटटप र कम्प्युटरबाट खेल्न सकिनेछ ।
गतबर्ष १० हजार बढीले सहभागिता जनाएका थिए । कर्नर फ्लागको आयोजनामा हुने फेन्टासी प्रिमियर लिग ९एफपिएल० मा सहभागीमध्ये यो बर्ष ३८ हप्ताको खेलपछि अन्तिममा उत्कृष्ट हुने सहभागीले नगद १ लाख प्राप्त गर्नेछन् । यस्तै प्रत्येक हप्ताका उत्कृष्ट हुने एक सहभागीले गिफ्ट ह्याम्पर प्राप्त गर्नेछन् ।
१९६२ मा अमेरिकामा बिल विन्किन्ब्याक र सन् १९७१ मा बेलायतमा बर्नी डोनेल्लीले मुख्यतःमनोरञ्जनका लागि फ्यान्टसी फुटबलको अवधारणा भित्र्याएका थिए ।
December 21, 2025
एजेन्सी – साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) पाँचौँ श्रेणीको क्लब भेन्डी फोन्तेनेलाई ४-० ले पराजित गर्दै फ्रेन्च कपको अन्तिम ३२ पुगेको छ। पिएसजीका लागि गोंकालो रामोसले २, उस्मान डेम्बेले र डिजायर डोएले गोल गरे। रामोसले दोस्रो हाफमा ५ मिनेटको अन्तरमा लगातार २ गोल गर्दै खेल एकतर्फी बनाइदिए। पहिलो हाफमा डेम्बेले र डोएले गोल गरेका […]
December 21, 2025
एजेन्सी – किलियन एम्बाप्पे र जुड बेलिङघमको गोलमा रियल म्याड्रिडले ला लिगामा शनिवार सेभिल्लालाई २-० ले हराएको छ। यो खेलमा गोल गर्दै एम्बाप्पेले एक क्यालेन्डर वर्षमा सबैभन्दा धेरै गोल गर्ने क्रिस्टियानो रोनाल्डोको कीर्तिमान बराबरी गरेका छन्। सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले सेभिल्लामाथि सहज जित निकाल्यो। जितसँगै रियलले ला लिगाको शीर्ष टोली बार्सिलोनासँगको अंक दूरी १ […]
December 21, 2025
एजेन्सी – अलेक्जान्डर इसाक र ह्युगो एकितिकेको गोलमा लिभरपुलले शनिवार प्रिमियर लिगमा टोटेनहम हट्सपरलाई २-१ ले पराजित गरेको छ। टोटनहमले ९ खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो। खेलको ३३औँ मिनेटमा टोटेनहमका जाभी सिमोन्सले सिधा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। टोटेनहम हट्सपर स्टेडियममा भएको खेलमा दोस्रो हाफमा परिवर्तित इसाकले ५६ औं मिनेटमा […]