default_image

7 years ago

August 3, 2018

एसियाड र साफ च्याम्पियनसिपको तयारी – फुटबल टोली थाइल्यान्ड जाँदै

90 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)-आसन्न जाकार्ता र पालेङवाङ एसियाडका लागि नेपाली यु–२३ फुटबल टोली १० दिने प्रशिक्षणका लागि शुक्रबार थाइल्यान्ड पस्थान गर्दैछ । तीन महिनाअघिबाट सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको कृतिम मैदानमा एसियाड र साफ च्याम्पियनसिपको लागि तयारी गरिरहेको छ ।

टोली थप प्रशिक्षणका लागि थाइल्यान्ड प्रस्थान गर्न लागेको हो । टिमको १० दिने प्रशिक्षण दौरान नेपाली युवा टिमले दुई मैत्रीपूर्ण खेल खेल्ने पक्का भएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।

एन्फाका अनुसार नेपाली यु–२३ टिमले अगस्ट ७ मा थाइल्यान्डको स्थानिय क्लब पुलिस टेरोसँग बोनयचिन्दा स्टेडियममा प्रतिस्पर्धा गर्नेछ । १० अगस्टमा थाम्मासत युनिभर्सिटी मैदानमा थाइल्यान्डको यु–२३ टिमसँग मैत्रीपूर्ण खेल खेल्ने पक्का भएको एन्फाले जनाएको छ ।

एसियन गेम्स अन्र्तगतको पुरुष फुटबल अगष्ट १४ देखि सेप्टेम्बर १ सम्म हुनेछ । नेपाल जापान, भियतनाम र पाकिस्तान रहेको समूह ‘डी’ मा रहेको छ ।

यू २३ मा ३ सिनियर खेलाडी राख्न पाउने प्रावधान अनुसार नेपालले गोलकिपर किरण चेम्जोङ, मिडफिल्डरद्वय रोहित चन्द र विशाल राईलाई समावेश गरेको छ । भरत खवास चोटका कारण बाहिरिएपछि उनको ठाँउमा विशाललाई राखिएको थियो ।

December 21, 2025

पिएसजी फ्रेन्च कपको अन्तिम ३२ मा

एजेन्सी – साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) पाँचौँ श्रेणीको क्लब भेन्डी फोन्तेनेलाई ४-० ले पराजित गर्दै फ्रेन्च कपको अन्तिम ३२ पुगेको छ। पिएसजीका लागि गोंकालो रामोसले २, उस्मान डेम्बेले र डिजायर डोएले गोल गरे। रामोसले दोस्रो हाफमा ५ मिनेटको अन्तरमा लगातार २ गोल गर्दै खेल एकतर्फी बनाइदिए। पहिलो हाफमा डेम्बेले र डोएले गोल गरेका […]

December 21, 2025

रियलको जित, एम्बाप्पेद्वारा रोनाल्डोको कीर्तिमानमा बराबरी

एजेन्सी – किलियन एम्बाप्पे र जुड बेलिङघमको गोलमा रियल म्याड्रिडले ला लिगामा शनिवार सेभिल्लालाई २-० ले हराएको छ। यो खेलमा गोल गर्दै एम्बाप्पेले एक क्यालेन्डर वर्षमा सबैभन्दा धेरै गोल गर्ने क्रिस्टियानो रोनाल्डोको कीर्तिमान बराबरी गरेका छन्। सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले सेभिल्लामाथि सहज जित निकाल्यो। जितसँगै रियलले ला लिगाको शीर्ष टोली बार्सिलोनासँगको अंक दूरी १ […]

December 21, 2025

लिभरपुलको जित

एजेन्सी – अलेक्जान्डर इसाक र ह्युगो एकितिकेको गोलमा लिभरपुलले शनिवार प्रिमियर लिगमा टोटेनहम हट्सपरलाई २-१ ले पराजित गरेको छ। टोटनहमले ९ खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो। खेलको ३३औँ मिनेटमा टोटेनहमका जाभी सिमोन्सले सिधा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। टोटेनहम हट्सपर स्टेडियममा भएको खेलमा दोस्रो हाफमा परिवर्तित इसाकले ५६ औं मिनेटमा […]

Success

Thank you for your time.