7 years ago
August 3, 2018
म्याड्रिड (एजेन्सी) –इन्टर मिलान रियल मड्रिडका मिडफिल्डर लुका मोड्रिच भित्राउन इच्छा देखाइरहेको समाचारहरु सार्वजनिक भइरहेको छ । तर उनलाई भित्राउन असम्भव नै हुने गरि रियलले सरुवा रकम तोकेपछि सायद अब इन्टरले पछि हट्ने छ ।
आफ्ना स्टार खेलाडीलाई किन्न चाहेमा सुरुवाको विश्व कीर्तिमानी रकमको झन्डै तेब्बर ७ सय ५० मिलियन युरो तिर्नुपर्ने गरि रियलले मुल्य तोकेको छ । रियलका अध्यक्ष फ्लोरेन्टिनो पेरेजलेले उनलाई कसैले भित्राउन प्रयास नगरुन भन्नका लागि चर्को मुल्य तोको हुन् । यो मुल्य पछि मोड्रिच लिने योजनाबाट क्लबहरु पछि हट्ने सम्भावना छ ।
रुस विश्वकपबाट मोड्रिच एक स्टारको रुपमा चिनिएका थिए । उनले क्रोएसियालाई विश्वकपमा फाईनल सम्म पुर्याउन महत्वपुर्ण भुमिका खेलेका थिए । तर, फाइनल खेलमा क्रोएसिया फ्रान्ससँग ४–२ ले पराजित भएको थियो ।
३२ बर्षीय मोड्रिचले विश्वकपमा उत्कृष्ट प्रदर्शनका कारण गोल्डेन बल जितेका थिए । यसै प्रदर्शनले उनले थुप्रै प्रशंसक बटुलेका थिए । यिनै प्रशंसक मध्येको एक हो मिलान । मिलनले सिरी ए र युरोपियन च्याम्पियनका लागि उनलाई भित्र्याउन प्रयास गर्ने बताइएको थियो ।
तर, पेरेजले इन्टरको को आशालाई निराशामा परिणत गरिदिएका छन् । पेरेजले भने, ‘मोड्रिच भित्र्याउन एक मात्र विकल्प छ । त्यो भनेको ७ सय ५० मिलियन तिर्न तयार हुनुपर्दछ ।’रियलसँग अझै दुई वर्षको सम्झौता रहेका मेड्रिच अर्को हप्ता सम्म विदामा छन् । विश्वकप पछि उनी छु्ट्टीमा छन् ।
December 21, 2025
एजेन्सी – साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) पाँचौँ श्रेणीको क्लब भेन्डी फोन्तेनेलाई ४-० ले पराजित गर्दै फ्रेन्च कपको अन्तिम ३२ पुगेको छ। पिएसजीका लागि गोंकालो रामोसले २, उस्मान डेम्बेले र डिजायर डोएले गोल गरे। रामोसले दोस्रो हाफमा ५ मिनेटको अन्तरमा लगातार २ गोल गर्दै खेल एकतर्फी बनाइदिए। पहिलो हाफमा डेम्बेले र डोएले गोल गरेका […]
December 21, 2025
एजेन्सी – किलियन एम्बाप्पे र जुड बेलिङघमको गोलमा रियल म्याड्रिडले ला लिगामा शनिवार सेभिल्लालाई २-० ले हराएको छ। यो खेलमा गोल गर्दै एम्बाप्पेले एक क्यालेन्डर वर्षमा सबैभन्दा धेरै गोल गर्ने क्रिस्टियानो रोनाल्डोको कीर्तिमान बराबरी गरेका छन्। सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले सेभिल्लामाथि सहज जित निकाल्यो। जितसँगै रियलले ला लिगाको शीर्ष टोली बार्सिलोनासँगको अंक दूरी १ […]
December 21, 2025
एजेन्सी – अलेक्जान्डर इसाक र ह्युगो एकितिकेको गोलमा लिभरपुलले शनिवार प्रिमियर लिगमा टोटेनहम हट्सपरलाई २-१ ले पराजित गरेको छ। टोटनहमले ९ खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो। खेलको ३३औँ मिनेटमा टोटेनहमका जाभी सिमोन्सले सिधा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। टोटेनहम हट्सपर स्टेडियममा भएको खेलमा दोस्रो हाफमा परिवर्तित इसाकले ५६ औं मिनेटमा […]