default_image

7 years ago

August 3, 2018

किरणले एसियाडमा नेपाली फुटबलको कप्तानी गर्ने

112 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीका पहिलो रोजाइका गोलकिपर किरण चेम्जोङको कप्तानीमा नेपालले अर्को महिना इन्डोनेसियामा आयोजना हुने १८ औं एसियाली खेलकुद उत्रने भएको छ ।

एसियाड र ओलम्पिकमा यू २३ टोलीले भाग लिने भएपनि हरेक टोलीले बढी उमेरका तीन खेलाडी राख्न पाउने प्रावधान अनुसार अखिल नेपाल फुटबल संघ (एन्फा) ले किरणसहित विशाल राई र रोहित चन्दलाई टोलीमा समावेश गरेको छ । रोहित इन्डोनेसियामै रहेका र उनी त्यहिबाट टोलीमा सहभागी हुने बताइएको छ ।

सिनियारिटीको आधारमा किरणलाई कप्तानीको जिम्मेवारी दिइएको एन्फाले जनाएको छ । किरण बुधबार मात्र माल्दिभ्सबाट काठमाडौं आएका थिए । उनी माल्दिभ्समा व्यावसायिक फुटबल खेल्दै आएका छन् । तर उनको भिसा प्राप्त नभइसकेकोले उनी आज टोलीसँगै थाइल्यान्ड जान सकेनन् ।

उनी तीन दिनपछि थाइल्यान्ड जाने एन्फाले जनाएको छ । २६ खेलाडीसहित ३२ सदस्यीय टोली एसियाड र साफ च्याम्पियनसिपको अन्तिम तयारीका लाथि थाइल्यान्ड गएको हो । त्यहाँ नेपाली टोलीले दुई वटा अभ्यास खेल खेल्नेछ ।

भदौं २ गते देखि १७ गते सम्म एसियाड इन्डोनेसियामा सञ्चालन हुनेछ । एसियाड लगत्तै भदौ १९ देखि बंगलादेशमा साफ च्याम्पियनसिप हुनेछ । नेपालले पहिलो खेल पाकिस्तानसँग खेल्ने छ । थाइल्यान्ड जानुअघि टोलीको विदाईमा राष्ट्रिय टोलीका कप्तान विराज महर्जनले नेपाली झन्डा किरणको अनुपस्थितिमा अर्का सिनियर खेलाडी विशाल राईलाई हस्तान्तरण गरे ।

December 21, 2025

पिएसजी फ्रेन्च कपको अन्तिम ३२ मा

एजेन्सी – साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) पाँचौँ श्रेणीको क्लब भेन्डी फोन्तेनेलाई ४-० ले पराजित गर्दै फ्रेन्च कपको अन्तिम ३२ पुगेको छ। पिएसजीका लागि गोंकालो रामोसले २, उस्मान डेम्बेले र डिजायर डोएले गोल गरे। रामोसले दोस्रो हाफमा ५ मिनेटको अन्तरमा लगातार २ गोल गर्दै खेल एकतर्फी बनाइदिए। पहिलो हाफमा डेम्बेले र डोएले गोल गरेका […]

December 21, 2025

रियलको जित, एम्बाप्पेद्वारा रोनाल्डोको कीर्तिमानमा बराबरी

एजेन्सी – किलियन एम्बाप्पे र जुड बेलिङघमको गोलमा रियल म्याड्रिडले ला लिगामा शनिवार सेभिल्लालाई २-० ले हराएको छ। यो खेलमा गोल गर्दै एम्बाप्पेले एक क्यालेन्डर वर्षमा सबैभन्दा धेरै गोल गर्ने क्रिस्टियानो रोनाल्डोको कीर्तिमान बराबरी गरेका छन्। सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले सेभिल्लामाथि सहज जित निकाल्यो। जितसँगै रियलले ला लिगाको शीर्ष टोली बार्सिलोनासँगको अंक दूरी १ […]

December 21, 2025

लिभरपुलको जित

एजेन्सी – अलेक्जान्डर इसाक र ह्युगो एकितिकेको गोलमा लिभरपुलले शनिवार प्रिमियर लिगमा टोटेनहम हट्सपरलाई २-१ ले पराजित गरेको छ। टोटनहमले ९ खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो। खेलको ३३औँ मिनेटमा टोटेनहमका जाभी सिमोन्सले सिधा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। टोटेनहम हट्सपर स्टेडियममा भएको खेलमा दोस्रो हाफमा परिवर्तित इसाकले ५६ औं मिनेटमा […]

Success

Thank you for your time.