default_image

7 years ago

August 4, 2018

पेद्रो २०२० सम्म चेल्सीमै रहने

96 views

0 Bookmark

लन्डन (एजेन्सी)– चेल्सीका विङ्गर पेद्रोले क्लबसँगको सम्झौता अर्को एक वर्ष थपेका छन् । बार्सिलोनाबाट सन् २०१५ मा स्टामफोर्ड ब्रिज पुगेका पेद्रो नयाँ सम्झौता अनुसार २०२० मा सोही क्लबमा रहने भएका छन् ।

‘यो मेरो लागि निकै महत्वपूर्ण छ । टोलीका अन्य साथीहरुका , क्लबका समर्थक , क्लब परिवार सबैका कारण निकै खुसी छु’ ३१ वर्षे पेद्रोले भने,‘चेल्सीमा निरन्तरता दिन पाउनु मेरो लागि अर्थपूर्ण छ । मेरो लागि यहाँ सहज छ । म यहाँ थप उपाधि जित्न चाहन्छु । टोलीलाई साथ दिन, गोल गर्न चाहन्छु । साच्चै म निकै खुसी छु ।’ अहिले सम्म चेल्सीका लागि १ सय ३१ खेल खेल्दै उनले २८ गोल गरिसकेका छन् । ’

‘पेद्रोसँगको सहकार्य थप एक वर्ष लम्बिएको छ । यसमा हामी खुसी छौं ,’ क्लबका निर्देशक मानिरा ग्रानोभ्सकायाले भने,‘ क्लबमा आबद्ध भएयता उनले आफ्नो क्षमता मैदानमा प्रदर्शन गर्दै आएका छन् । माउरिजियो सारीको प्रशिक्षणमा पनि उनले त्यस्तै प्रदर्शन गर्ने अपेक्षा राखेका छौं ।’

December 21, 2025

पिएसजी फ्रेन्च कपको अन्तिम ३२ मा

एजेन्सी – साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) पाँचौँ श्रेणीको क्लब भेन्डी फोन्तेनेलाई ४-० ले पराजित गर्दै फ्रेन्च कपको अन्तिम ३२ पुगेको छ। पिएसजीका लागि गोंकालो रामोसले २, उस्मान डेम्बेले र डिजायर डोएले गोल गरे। रामोसले दोस्रो हाफमा ५ मिनेटको अन्तरमा लगातार २ गोल गर्दै खेल एकतर्फी बनाइदिए। पहिलो हाफमा डेम्बेले र डोएले गोल गरेका […]

December 21, 2025

रियलको जित, एम्बाप्पेद्वारा रोनाल्डोको कीर्तिमानमा बराबरी

एजेन्सी – किलियन एम्बाप्पे र जुड बेलिङघमको गोलमा रियल म्याड्रिडले ला लिगामा शनिवार सेभिल्लालाई २-० ले हराएको छ। यो खेलमा गोल गर्दै एम्बाप्पेले एक क्यालेन्डर वर्षमा सबैभन्दा धेरै गोल गर्ने क्रिस्टियानो रोनाल्डोको कीर्तिमान बराबरी गरेका छन्। सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले सेभिल्लामाथि सहज जित निकाल्यो। जितसँगै रियलले ला लिगाको शीर्ष टोली बार्सिलोनासँगको अंक दूरी १ […]

December 21, 2025

लिभरपुलको जित

एजेन्सी – अलेक्जान्डर इसाक र ह्युगो एकितिकेको गोलमा लिभरपुलले शनिवार प्रिमियर लिगमा टोटेनहम हट्सपरलाई २-१ ले पराजित गरेको छ। टोटनहमले ९ खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो। खेलको ३३औँ मिनेटमा टोटेनहमका जाभी सिमोन्सले सिधा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। टोटेनहम हट्सपर स्टेडियममा भएको खेलमा दोस्रो हाफमा परिवर्तित इसाकले ५६ औं मिनेटमा […]

Success

Thank you for your time.