7 years ago
August 4, 2018
बार्सिलोना (एजेन्सी) – बायर्न म्युनिखका चिलियन मिडफिल्डर अर्टुरो भिडाल बार्सिलोना जाने पक्का भएको छ । यद्दपी दुई क्लबबीच कतिमा सम्झौता भएको भन्ने खुलाइएको छैन । उनले बार्सिलोनासँग तीन वर्षको सम्झौता गर्ने बताइएको छ । ३१ वर्षे भिडालले केहि दिनमा ला लिगा च्याम्पियन टोलीका लागि स्वास्थ्य परिक्षण गराउने बताइएको छ ।
उनी सन् २०१५ मा युभेन्ट्सबाट बार्यन पुगेका थिए । बायर्नमा उनले लगातार तीन सिजन बुन्डेस लिग उपाधि जितेका थिए । बार्साले सामाजिक सञ्जालमार्फत छिट्टै खेलाडीको आगमन र सार्वजनिक गर्ने विषयमा जानकारी दिने उल्लेख गरेको छ ।
बायर्नले पनि सामाजिक सञ्जालमार्फत भिडाल बार्सिलोना जान लागेको जनाएको छ । ‘क्लबमा पुर्याएको योगदानका लागि हामी भिडाललाई धन्यवाद दिन चाहन्छौ. र स्पेनमा उनको उज्जवल भविष्यको कामना गर्दछौं,’ सामाजिक सञ्जालमार्फत क्लबका प्रमुख कार्यकारी कार्ल हिन्ज रुमिनिजीले भनेका छन्, ‘उनी जहिले पनि महत्वपूर्ण र भरगर्न लायक खेलाडी रहे ।’
बार्यनमा तीन बर्षको दौरान एक जर्मन कप र दुई जर्मन सुपर कप जितेका भिडालले क्लबलाई धन्यवाद दिदै बार्सिलोनामा नयाँ चुनौतिका लागि आफु तयार रहेको बताएका छन् । २०११ मा बायर लिभरकुसेनबाट युभेन्ट्स पुगेका उनले चार बर्षमा चार पटक सिरी–ए जिताउन महत्वपुर्ण भुमिका खेलेका थिए । चिलीका लागि १ सय क्याप जितिसकेका भिडालले २०१५ को कोपा अमेरिका जिताउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।
December 21, 2025
एजेन्सी – साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) पाँचौँ श्रेणीको क्लब भेन्डी फोन्तेनेलाई ४-० ले पराजित गर्दै फ्रेन्च कपको अन्तिम ३२ पुगेको छ। पिएसजीका लागि गोंकालो रामोसले २, उस्मान डेम्बेले र डिजायर डोएले गोल गरे। रामोसले दोस्रो हाफमा ५ मिनेटको अन्तरमा लगातार २ गोल गर्दै खेल एकतर्फी बनाइदिए। पहिलो हाफमा डेम्बेले र डोएले गोल गरेका […]
December 21, 2025
एजेन्सी – किलियन एम्बाप्पे र जुड बेलिङघमको गोलमा रियल म्याड्रिडले ला लिगामा शनिवार सेभिल्लालाई २-० ले हराएको छ। यो खेलमा गोल गर्दै एम्बाप्पेले एक क्यालेन्डर वर्षमा सबैभन्दा धेरै गोल गर्ने क्रिस्टियानो रोनाल्डोको कीर्तिमान बराबरी गरेका छन्। सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले सेभिल्लामाथि सहज जित निकाल्यो। जितसँगै रियलले ला लिगाको शीर्ष टोली बार्सिलोनासँगको अंक दूरी १ […]
December 21, 2025
एजेन्सी – अलेक्जान्डर इसाक र ह्युगो एकितिकेको गोलमा लिभरपुलले शनिवार प्रिमियर लिगमा टोटेनहम हट्सपरलाई २-१ ले पराजित गरेको छ। टोटनहमले ९ खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो। खेलको ३३औँ मिनेटमा टोटेनहमका जाभी सिमोन्सले सिधा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। टोटेनहम हट्सपर स्टेडियममा भएको खेलमा दोस्रो हाफमा परिवर्तित इसाकले ५६ औं मिनेटमा […]