default_image

7 years ago

August 4, 2018

रोनाल्डोले रियललाई अन्फलो गरे

110 views

0 Bookmark

टुरिन (एजेन्सी)– सिरि ‘ए’च्याम्पियन युभेन्ट्स यसपटक रियल म्याड्रिडबाट क्रिस्टियानो रोनाल्डोलाई लिन सफल भएको थियो । यसपटकको सरुवा बजारमा सम्भवत सबैभन्दा अर्थपूर्ण सरुवा यहि हुन सक्ने सम्भावना छ । रियलसँगको नौं वर्ष लामो यात्राको अन्त्य गर्दै रोनाल्डोले स्पेनबाट इटाली जाने निर्णय गरेका थिए ।

रोनाल्डो टुरिन पुगेयता थ्रुपै समाचार आइसकेका छन् । टोलीका अन्य खेलाडीसँगको रोनाल्डो भेट, उनको प्रशिक्षणलगायत समाचार सार्वजनिक भइरहेका छन् । अझै आउने क्रम जारी छ । युभेन्ट्स पुगसँगै नयाँ टोलीका अन्य खेलाडीले उनलाई इन्स्टाग्राममा फलो गर्न थालेका छन् ।

तर, पार्चुगिज स्टार रोनाल्डोले भने रियललाई सामाजिक सञ्जालमा अनफलो गरेका छन् । तर, रोनाल्डो रियलका अन्य खेलाडी, टोलीका पूर्व प्रशिक्षक कार्लो एन्सेलोटी र जिनेदिन जिदानलाई इन्स्टाग्राममा फलो गरिरहेका छन् । यसैबीच, रोनाल्डो नयाँ टोली खेलाडीसँग प्रशिक्षणमा सामेल भएका थिए

December 21, 2025

पिएसजी फ्रेन्च कपको अन्तिम ३२ मा

एजेन्सी – साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) पाँचौँ श्रेणीको क्लब भेन्डी फोन्तेनेलाई ४-० ले पराजित गर्दै फ्रेन्च कपको अन्तिम ३२ पुगेको छ। पिएसजीका लागि गोंकालो रामोसले २, उस्मान डेम्बेले र डिजायर डोएले गोल गरे। रामोसले दोस्रो हाफमा ५ मिनेटको अन्तरमा लगातार २ गोल गर्दै खेल एकतर्फी बनाइदिए। पहिलो हाफमा डेम्बेले र डोएले गोल गरेका […]

December 21, 2025

रियलको जित, एम्बाप्पेद्वारा रोनाल्डोको कीर्तिमानमा बराबरी

एजेन्सी – किलियन एम्बाप्पे र जुड बेलिङघमको गोलमा रियल म्याड्रिडले ला लिगामा शनिवार सेभिल्लालाई २-० ले हराएको छ। यो खेलमा गोल गर्दै एम्बाप्पेले एक क्यालेन्डर वर्षमा सबैभन्दा धेरै गोल गर्ने क्रिस्टियानो रोनाल्डोको कीर्तिमान बराबरी गरेका छन्। सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले सेभिल्लामाथि सहज जित निकाल्यो। जितसँगै रियलले ला लिगाको शीर्ष टोली बार्सिलोनासँगको अंक दूरी १ […]

December 21, 2025

लिभरपुलको जित

एजेन्सी – अलेक्जान्डर इसाक र ह्युगो एकितिकेको गोलमा लिभरपुलले शनिवार प्रिमियर लिगमा टोटेनहम हट्सपरलाई २-१ ले पराजित गरेको छ। टोटनहमले ९ खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो। खेलको ३३औँ मिनेटमा टोटेनहमका जाभी सिमोन्सले सिधा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। टोटेनहम हट्सपर स्टेडियममा भएको खेलमा दोस्रो हाफमा परिवर्तित इसाकले ५६ औं मिनेटमा […]

Success

Thank you for your time.