default_image

6 years ago

August 4, 2018

पिएसजीलाई फ्रेन्च सुपरकप

20 views

0 Bookmark

सेन्जेन (एजेन्सी) – ब्राजिली स्टार नेयमारले पुनरागमन गरेको खेलमा पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च सुपरकपको उपाधि जितेको छ । चीनको सेन्जेनस्थित युनिभर्सियाड स्पोर्टस् सेन्टरमा आज भएको फाइनलमा एएस मोनाकोलाई ४–० को फराकिलो अन्तरले पराजित गर्दै पिएसजीले फ्रेन्च सुपरकपको च्याम्पियन बनेको हो ।

पिएसजीको जितमा एन्जल डि मारियाले दुई तथा क्रिस्टोफोर कुन्कु र टिमोथी वेथले गोल गरे । ३२ औं मिनेटमा डि मारियाको गोलबाट पिएसजीले अग्रता बनाएको थियो । ३९ औं मिनेटमा क्रिस्टोफोरले गोल गरेपछि पिएसजीले पहिलो हाफमा २–० को अग्रता बनाएको थियो । दोस्रो हाफमा पनि पिएसजीले थप दुई गर्न सफल भयो ।

यसपटक युवा खेलाडी टिमोथी वेथ र डि मारियाले गोल गरे । टिमोथीले ६७ औं मिनेटमा गोल गर्दा डि मारियाले इन्जुरी समयमा टिमका लागि चौथो तथा व्यक्तिगत दोस्रो गोल गर्दै टिमलाई ४–० को जित दिलाउदै च्याम्पियन बनाए । यो खेलमा नेयमारले पिएसजीका लागि फ्रेब्रुवरीपछि पुनरागमन गरेको छ ।

नेयमार ७६ औं मिनेटमा मार्काे भेराट्टीको स्थानमा मैदान प्रवेश गरेका थिए । उनी विश्वकपपछि पहिलोपटक मैदान उत्रिएका हुन् । यस्तै नवनियुक्त प्रशिक्षक थोमस टचेलले सिजनको पहिलो उपाधि जित्न सफल भएको छ ।

May 6, 2024

खालीबारी र रानीवनको जित

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिग अन्तर्गत सोमबार भएका खेलमा खालीबारी युथ एफसी र रानीवन स्पोर्ट्स क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्समा भएको दिनको पहिलो खलमा खालीबारीले पुल्चोक स्पोर्ट्स क्लब माथि १-० को जित दर्ता गरेको हो । खालीबारीको जितमा मार्वल सुनुवारले २७औं मिनेटमा खेलको एकमात्र गोल गरे । जित पछि […]

May 6, 2024

एन्फा राजनीति मैदानभित्र पस्दा खेलाडीको खेल्ने अधिकार कुण्ठित!

सुबास हुमागाईं, काठमाडौं अखिल नेपाल फुटबल संघ (एन्फा) को विधान पल्टाउने हो भने संघको उद्देश्यको पहिलो बुँदामै फुटबल खेलको निरन्तर सुधार गर्ने तथा स्वच्छ खेल र आपसी एकताका कार्यक्रम प्रवर्द्धन गर्ने उल्लेख गरिएको छ । तर संघको वर्तमान कार्यशैली हेर्दा न खेलको सुधारमा ध्यान देखिन्छ न त आपसी एकता नै । विगत केही वर्षयता गुटको […]

May 6, 2024

महिला फुटबल टोलीलाई एनआइसी एसियाको सम्मान

काठमाडौं (हाम्रो खेलकुद) – एनआइसी एसिया बैंकले वाफ महिला च्याम्पियनसिपमा दोस्रो भएको नेपाली महिला राष्ट्रिय फुटबल टोलीलाई नगदसहित सम्मान गरेको छ । बैंकले सोमबार महिला टोलीका २३ खेलाडी र अफिसियल गरि ३१ जनालाई जनही २५ हजार रुपैयाँले सम्मान गरेको हो । बैंकले टोलीलाई रात्री भोज पनि दिएको थियो । सम्मान कार्यक्रममा अखिल नेपाल फुटबल संघ […]

Success

Thank you for your time.