7 years ago
August 5, 2018
मेरिल्यान्ड (एजेन्सी) – युरोपियन क्लब फुटबलको नयाँ सिजन शुरु हुनअघिको प्रि–सिजन अन्र्तगतको इन्टरनेसनल च्याम्पियन कपमा स्पेनिस क्लब रियल मड्रिड विजयी भएको छ । रियलले इटालियन क्लब युभेन्टसमाथि ३–१ को सहज जित निकालेको हो ।
च्याम्पियन कपमा रियलको यो पहिलो जित हो । यसअघि रियल आफ्नो पहिलो खेलमा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडसँग २–१ ले पराजित भएको थियो । रियलको सहज जितमा मार्काे एसेन्सियोले दुई तथा ग्यारेथ बेलले एक गोल गरे । युभेन्टस्ले आत्मघाती गोल उपहार पाएको थियो ।
अमेरिकाको मेरिल्यान्डस्थित फेडेक्सफिल्ड ल्यानोभरमा आइतबार बिहान भएको खेलमा युभेन्टस्ले खेलको १२ औं मिनेटमा आत्मघाती गोलबाट अग्रता बनाएको थियो । रियलका डिफेन्डर ड्यानियल कार्भाजोलले बल क्लियर गर्न खोज्दा आफ्नै पोस्टमा गोल हुन पुगेको थियो ।
शुरुवातमै १–० ले पछि परेपछि रियलले सम्हालिएको प्रदर्शन गर्दै ३९ औं मिनेटमा बराबरी गोल गर्न सफल भयो । ग्यारेथ बेलले बराबरी गोल फर्काएपछि पहिलो हाफ १–१ गोलको बराबरीमा सकिएको थियो । दोस्रो हाफमा मार्काे एसेन्सियो नायक बने ।
दोस्रो हाफको शुरुमै इस्कोको स्थानमा मैदान छिरेका एसेन्सियोले ४७ औं र ५६ औं मिनेटमा गोल गर्दै रियललाई ३–१ को सहज जित दिलाए । यसै सिजन रियलबाट १ सय मिलियन पाउन्डमा युभेन्टस् पुगेका स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डो उक्त खेलमा सहभागी थिएनन् ।
December 21, 2025
एजेन्सी – साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) पाँचौँ श्रेणीको क्लब भेन्डी फोन्तेनेलाई ४-० ले पराजित गर्दै फ्रेन्च कपको अन्तिम ३२ पुगेको छ। पिएसजीका लागि गोंकालो रामोसले २, उस्मान डेम्बेले र डिजायर डोएले गोल गरे। रामोसले दोस्रो हाफमा ५ मिनेटको अन्तरमा लगातार २ गोल गर्दै खेल एकतर्फी बनाइदिए। पहिलो हाफमा डेम्बेले र डोएले गोल गरेका […]
December 21, 2025
एजेन्सी – किलियन एम्बाप्पे र जुड बेलिङघमको गोलमा रियल म्याड्रिडले ला लिगामा शनिवार सेभिल्लालाई २-० ले हराएको छ। यो खेलमा गोल गर्दै एम्बाप्पेले एक क्यालेन्डर वर्षमा सबैभन्दा धेरै गोल गर्ने क्रिस्टियानो रोनाल्डोको कीर्तिमान बराबरी गरेका छन्। सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले सेभिल्लामाथि सहज जित निकाल्यो। जितसँगै रियलले ला लिगाको शीर्ष टोली बार्सिलोनासँगको अंक दूरी १ […]
December 21, 2025
एजेन्सी – अलेक्जान्डर इसाक र ह्युगो एकितिकेको गोलमा लिभरपुलले शनिवार प्रिमियर लिगमा टोटेनहम हट्सपरलाई २-१ ले पराजित गरेको छ। टोटनहमले ९ खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो। खेलको ३३औँ मिनेटमा टोटेनहमका जाभी सिमोन्सले सिधा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। टोटेनहम हट्सपर स्टेडियममा भएको खेलमा दोस्रो हाफमा परिवर्तित इसाकले ५६ औं मिनेटमा […]