default_image

7 years ago

August 5, 2018

किरणले पहिलो मैत्रीपूर्ण खेल गुमाउने

110 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय टिमका गोलरक्षक किरण चेम्जोङले थाइल्यान्डको स्थानिय क्लब पुलिस टेरोसँगको मत्रैपीपुर्ण खेल गुमाउने भएका छन् ।

kiran chemjong

एसियाडलाई यु–२३ को कप्तानीको जिम्मेवारी पाएको किरणले भिसा समस्याका कारण पहिलो मैत्रीपुर्ण खेल गुमाउने पक्का भएको हो । नेपालले मंगलबार थाइल्यान्डको स्थानिय क्लब पुलिस टेरोसँग मैत्रीपुर्ण खेल खेल्ने तालिका छ ।

बुधबारै माल्दिभ्सबाट काठमाडौं आएर भिसाका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) लाई अनुरोध गरेपनि उनको भिसा अझैपनि आएको छैन ।

शनिबार र आइतबार पनि सार्वजनिक बिदा हुने भएका कारण उनको भिसा सोमबार मात्रै आउने सम्भावना छ । उनी सोमबारै थाइल्यान्ड प्रस्थान गरेपनि पहिलो खेल गुमाउनेछ । नेपालले १० अगस्टमा थाइल्यान्डको यु–२३ टिमसँग दोस्रो मैत्रीपूर्ण खेल खेल्नेछ । उक्त खेलका लागि किरण उपलब्ध हुनेछन् ।

नेपाली यु–२३ टिम शुक्रबारै थाइल्यान्ड प्रस्थान गरेको थियो । एसियाड तयारीमा रहेको नेपालले थाइल्यान्डमा १० दिन प्रशिक्षण र सोही दौरान दुई मैत्रीपूर्ण खेल खेलेर एसियाडका लागि जाकार्ता प्रस्थान गर्नेछ ।

December 21, 2025

पिएसजी फ्रेन्च कपको अन्तिम ३२ मा

एजेन्सी – साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) पाँचौँ श्रेणीको क्लब भेन्डी फोन्तेनेलाई ४-० ले पराजित गर्दै फ्रेन्च कपको अन्तिम ३२ पुगेको छ। पिएसजीका लागि गोंकालो रामोसले २, उस्मान डेम्बेले र डिजायर डोएले गोल गरे। रामोसले दोस्रो हाफमा ५ मिनेटको अन्तरमा लगातार २ गोल गर्दै खेल एकतर्फी बनाइदिए। पहिलो हाफमा डेम्बेले र डोएले गोल गरेका […]

December 21, 2025

रियलको जित, एम्बाप्पेद्वारा रोनाल्डोको कीर्तिमानमा बराबरी

एजेन्सी – किलियन एम्बाप्पे र जुड बेलिङघमको गोलमा रियल म्याड्रिडले ला लिगामा शनिवार सेभिल्लालाई २-० ले हराएको छ। यो खेलमा गोल गर्दै एम्बाप्पेले एक क्यालेन्डर वर्षमा सबैभन्दा धेरै गोल गर्ने क्रिस्टियानो रोनाल्डोको कीर्तिमान बराबरी गरेका छन्। सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले सेभिल्लामाथि सहज जित निकाल्यो। जितसँगै रियलले ला लिगाको शीर्ष टोली बार्सिलोनासँगको अंक दूरी १ […]

December 21, 2025

लिभरपुलको जित

एजेन्सी – अलेक्जान्डर इसाक र ह्युगो एकितिकेको गोलमा लिभरपुलले शनिवार प्रिमियर लिगमा टोटेनहम हट्सपरलाई २-१ ले पराजित गरेको छ। टोटनहमले ९ खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो। खेलको ३३औँ मिनेटमा टोटेनहमका जाभी सिमोन्सले सिधा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। टोटेनहम हट्सपर स्टेडियममा भएको खेलमा दोस्रो हाफमा परिवर्तित इसाकले ५६ औं मिनेटमा […]

Success

Thank you for your time.