default_image

7 years ago

August 5, 2018

कम्युनिटी शिल्ड -सिटी र चेल्सी भिड्दै

103 views

0 Bookmark

लन्डन (एजेन्सी) – इंग्लिस फुटबलका दुई ठूला टोली म्यानचेस्टर सिटी र चेल्सीबीच कम्युनिटी शिल्ड उपाधिका लागि आइतबार नेपाली समय अनुसार ७ः४५ बजे खेल सुरु हुँदैछ । नयाँ सिजनको सुरु हुनुअघि कम्युनिटी शिल्ड हुने गर्दछ ।

जसमा प्रिमियर लिग र एफए कप विजेतबीच प्रतिस्पर्धा हुनेछ । अघिल्लो सिजन सिटीले प्रिमियर लिग र चेल्सीले उपाधि जितेका थिए । अघिल्लो सिजन चेल्सीले भने अपेक्षा अनुसारको प्रदर्शन गर्न सकेको थिएन । जसका कारण टोलीका प्रशिक्षक परिवर्तन भइसकेका छन् ।

सिटी र चेल्सीका गरि ३० खेलाडीले यसपटकको रसिया विश्व कप खेलेका थिए । विश्व कपमा सहभागी खेलाडी अझै छुट्टीमै छन् । प्रि सिजनमा सिटीका प्रशिक्षक पेप ग्वार्डिओलो युवा खेलाडीलाई मौका दिएका थिए । आजको खेलमा पनि त्यहि सम्भावना छ । अर्को तिर चेल्सीमा एगोलो कान्टे, ओलिभर जिर्रोड, इडेन हाजार्ड र गोलकिपर थिवाउट कोर्टियोस आजको खेलमा हुने छैनन् ।

December 21, 2025

पिएसजी फ्रेन्च कपको अन्तिम ३२ मा

एजेन्सी – साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) पाँचौँ श्रेणीको क्लब भेन्डी फोन्तेनेलाई ४-० ले पराजित गर्दै फ्रेन्च कपको अन्तिम ३२ पुगेको छ। पिएसजीका लागि गोंकालो रामोसले २, उस्मान डेम्बेले र डिजायर डोएले गोल गरे। रामोसले दोस्रो हाफमा ५ मिनेटको अन्तरमा लगातार २ गोल गर्दै खेल एकतर्फी बनाइदिए। पहिलो हाफमा डेम्बेले र डोएले गोल गरेका […]

December 21, 2025

रियलको जित, एम्बाप्पेद्वारा रोनाल्डोको कीर्तिमानमा बराबरी

एजेन्सी – किलियन एम्बाप्पे र जुड बेलिङघमको गोलमा रियल म्याड्रिडले ला लिगामा शनिवार सेभिल्लालाई २-० ले हराएको छ। यो खेलमा गोल गर्दै एम्बाप्पेले एक क्यालेन्डर वर्षमा सबैभन्दा धेरै गोल गर्ने क्रिस्टियानो रोनाल्डोको कीर्तिमान बराबरी गरेका छन्। सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले सेभिल्लामाथि सहज जित निकाल्यो। जितसँगै रियलले ला लिगाको शीर्ष टोली बार्सिलोनासँगको अंक दूरी १ […]

December 21, 2025

लिभरपुलको जित

एजेन्सी – अलेक्जान्डर इसाक र ह्युगो एकितिकेको गोलमा लिभरपुलले शनिवार प्रिमियर लिगमा टोटेनहम हट्सपरलाई २-१ ले पराजित गरेको छ। टोटनहमले ९ खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो। खेलको ३३औँ मिनेटमा टोटेनहमका जाभी सिमोन्सले सिधा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। टोटेनहम हट्सपर स्टेडियममा भएको खेलमा दोस्रो हाफमा परिवर्तित इसाकले ५६ औं मिनेटमा […]

Success

Thank you for your time.