7 years ago
August 6, 2018
म्युनिख (एजेन्सी) – जर्मनीका स्ट्राइकर मारियो गोमेजले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेको छ । ३३ वर्षीय गोमेजले सामाजिक सन्जाल फेसबुकमा स्टाटस राख्दै आइतबार अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका हुन् ।
गोमेज रसिया विश्वकपपछि जर्मनीबाट सन्यास लिने दोस्रो खेलाडी बनेका छन् । यसअघि जर्मनीका प्रभावशाली मिडफिल्डर मेसुट ओजिलले अपमानको कारण देखाउदै अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेको थियो ।
जर्मनी रसिया विश्वकपको समूह चरणबाटै बाहिरिदा गोमेजजले तीन खेलमा मौका पाएपनि वैकल्पिक खेलाडीको रुपमा मात्रै मैदान प्रवेश गरेका थिए । जर्मन बुन्डेस लिगा क्लबभिएफबी स्टुटगार्टका गोमेजले विश्वकपमा एक गोल पनि गर्न सकेको थिएन ।
सन्यासपछि गोमेजले सामाजिक सन्जाल फेसबुकमा प्रशिक्षक जोचिम लोउसँगको सल्लाहमै सन्यासको घोषणा गरेको उल्लेख गरेको छ ।
‘सन्यास अघि मैले प्रशिक्षक लोउसँग सल्लाह मागेको थियो । हामीबीच राम्रो छलफल भएको थियो ।’ गोमेजले भनेका छन्, ‘मेरो लागि रसिया विश्वकप एक सपना थियो । तर, हामीले समूह चरण पार गर्न सकेनौ । यसले पनि हामीलाई प्रभाव पार्यो । आजको दिनलाई सन्यास लिने उपयुक्त समय ठानेको छु ।’
जर्मनको राष्ट्रिय टिमबाट मैले खुशी पाएको छु । तर, २०१४ मा घाइते भएर गुमाउन पुगे । मैले टिमलाई धेरै सम्झिरहेको थिए । त्यसपछि २०१६ र अहिले रसिया विश्वकप गरी दुई ठुला प्रतियोगिता खेल्ने मौका पाए । मैले आफुलाई भाग्यमानी ठानिरहेको छु । तर, अन्तिम ठुलो प्रतियोगिता सम्झनयोग्य बनाउन सकिन । तर, सधै जित्न सकिदैन ।’ गोमेजले सामाजिक सन्जालमा लेखेका छन् , ‘‘म जर्मन फुटबल एसोसिएसन (डिएफबी) सँग सधै सम्पर्कमा हुनेछु । म अब जर्मन टिमको फ्यान हुनेछु । प्रशिक्षक, खेलाडी र अफिसियल सबैलाई अबको खेलहरुमा लागि शुभकामना । म मेरो परिवारसँग रम्नेछु ।’
यस्तै गोमेजले जर्मन टिममा थुप्रै युवा प्रतिभाहरु आइसकेका कारण पनि सन्यासको समय आएको बताएका छन् । गोमेजले जर्मनीबाट ७८ खेलमा ३१ गोल गरेका छन् । गोमेजले २००७ मा स्वीट्जरल्यान्डविरुद्ध खेल्दै अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गरेका थिए । गोमेजले डेब्यु खेलमै सनसनी पूर्ण गोल गरेका थिए ।
December 21, 2025
एजेन्सी – साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) पाँचौँ श्रेणीको क्लब भेन्डी फोन्तेनेलाई ४-० ले पराजित गर्दै फ्रेन्च कपको अन्तिम ३२ पुगेको छ। पिएसजीका लागि गोंकालो रामोसले २, उस्मान डेम्बेले र डिजायर डोएले गोल गरे। रामोसले दोस्रो हाफमा ५ मिनेटको अन्तरमा लगातार २ गोल गर्दै खेल एकतर्फी बनाइदिए। पहिलो हाफमा डेम्बेले र डोएले गोल गरेका […]
December 21, 2025
एजेन्सी – किलियन एम्बाप्पे र जुड बेलिङघमको गोलमा रियल म्याड्रिडले ला लिगामा शनिवार सेभिल्लालाई २-० ले हराएको छ। यो खेलमा गोल गर्दै एम्बाप्पेले एक क्यालेन्डर वर्षमा सबैभन्दा धेरै गोल गर्ने क्रिस्टियानो रोनाल्डोको कीर्तिमान बराबरी गरेका छन्। सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले सेभिल्लामाथि सहज जित निकाल्यो। जितसँगै रियलले ला लिगाको शीर्ष टोली बार्सिलोनासँगको अंक दूरी १ […]
December 21, 2025
एजेन्सी – अलेक्जान्डर इसाक र ह्युगो एकितिकेको गोलमा लिभरपुलले शनिवार प्रिमियर लिगमा टोटेनहम हट्सपरलाई २-१ ले पराजित गरेको छ। टोटनहमले ९ खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो। खेलको ३३औँ मिनेटमा टोटेनहमका जाभी सिमोन्सले सिधा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। टोटेनहम हट्सपर स्टेडियममा भएको खेलमा दोस्रो हाफमा परिवर्तित इसाकले ५६ औं मिनेटमा […]