दक्षिण एसियाली खेलकुद मा भारत लाई हराउदै नेपाल स्वर्ण पदक जित्न सफल भएको छ ।
आदित्य चौधरीले गरेको फोउलमा पेनाल्टीलाई गोलमा परिणत गरेको भारतले पहिलो हाल्फमा १-० को अग्रता लियो।
दोस्रो हाल्फमा फ्री-किकमा गोल गर्दै प्रकाश बुडाथोकीले नेपाललाई बराबारीमा ल्याए।
त्यस्तै खेल को ७१ औ मिनेट मा गोल गर्दै नवयुग ले नेपाल लाई अग्रता दिलाए । नवयुगको गोल नै निर्णायक सावित भयो ।
यस अघि नेपाल मल्दिव्स विरुद्ध ४-३ को नतिजा निकाल्दै फाइनल प्रवेश गरेको थियो ।
त्यसै गरि महिलाको फुट्बलमा भने भारत बिरुद्ध ४-० को हार बेवोर्दै नेपाल रजत पदकमा रोकियो ।