7 years ago
August 13, 2018
पेरिस (एजेन्सी)– पेरिस सेन्ट जर्मन (पिएसजी) का प्रशिक्षक थोमस टुचेलले आफ्नो टोलीमा नेयमार मुख्य खेलाडी रहेको बताएका छन् । विश्वकपमा क्यालियन एमबाप्पेको उत्कृष्ट प्रदर्शन र टोलीबाट बाहिर जान सक्ने खबरका कारण केहि समययता पिएसजीमा नेयमारको स्थानलाई लिएर शंका उठेको थियो।
प्रशिक्षक टुचेलले भने, ‘यो पुरै स्पष्ट छ कि नेयमार मेरा लागी प्रमुख खेलाडी हुन्। उनी विश्वकै एक उत्कृष्ट खेलाडी हुन् । उनी एक कलाकार हुन् र रचनात्मक खेलाडी हुन् । त्यसैले उनीजस्ता खेलाडीलाई धेरै दवाब दिनु ठिक होइन ।’
विश्वकै महंगा खेलाडी बनेका नेयमारले अन्तिम सिजनको अन्तिम ३ महिना चोटका कारण खेल गुमाएका थिए । सँगैमा फ्रान्सका युवा स्टार एमबाप्पेले भने विश्कपमा ४ गोल गर्दै फ्रान्सलाई विश्व विजयी बनाउन सहयोग पुर्याए ।
टुचेलले थपे, ‘ टोलीमा अरु धेरै खेलाडीहरु छन् । जसले डिफेन्सको र टोलीको संरचनाको जिम्मा लिनु पर्छ र यो नेयमारको काम होइन । हाम्रो टोलीमा त्यस्तो एक कोहि लिडर छैन जसले सबै जिम्मा लिन्छ तर नेयमार एक लिडर भने हुन् ।’
पिएसजीले लिग चरणको खेल घरेलु मैदानबाट सुरु गरेपनि सबैको चासोमा भने पिएसजीको च्याम्पियन्स लिगको यात्रा रहने छ ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]