default_image

7 years ago

August 13, 2018

बायर्न जर्मन सुपरकप च्याम्पियन

136 views

0 Bookmark

म्युनिख (एजेन्सी) – रोबर्ट लेवान्डोस्कीको ह्याट्रिक गोल मद्धतमा बायर्न म्युनिख जर्मन सुपरकप च्याम्पियन बनेको छ । म्युनिखले इन्ट्राच्ट फ्राङ्कफ्रटमाथि ५–० को प्रभावशाली जित निकाल्दै जर्मन सुपकप च्याम्पियन बन्न सफल भएको हो ।

कमर्जबैंक एरिनामा आइतबार राति भएको खेलमा म्युनिखलाई च्याम्पियन बनाउन रोबर्ट लेवान्डोस्कीले ह्याट्रिक तथा किङ्सले कोमान र थियागो अलकान्तारले समान एक गोल गरे । एकपक्षीय बनेको खेलमा बायर्नले २१ औं रोबर्ट लेवान्डोस्कीको गोलबाट अग्रता बनाएको थियो । २६ औं मिनेटमा रोबर्टले व्यक्तिगत दोस्रो गोल गर्दा बायर्नले पहिलो हाफमा २–० को अग्रता बनायो ।

५४ औं मिनेटमा रोबर्टलले अर्काे गोल थप्दै ह्याट्रिक पूरा गरे । किङ्सले कोमानले ६३ औं मिनेटमा गोल गर्दा बायर्न खेलमा ४–० ले अघि बढ्यो । ८५ औं मिनेटमा थियागो अलकान्ताराले गोल गर्दै बायर्नलाई ५–० को प्रभावशाली जित दिलाउदै जर्मन सुपरकप च्याम्पियन बनाए ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.