7 years ago
August 13, 2018
टुरिन (एजेन्सी) –पोर्चुगिज स्टार क्रस्टियानो रोनाल्डोले युभेन्ट्सका लागि आफ्नो पहिलो गोल गरेका छन् । उनले इटालियन टिम ‘बी’ सँगको मैत्रिपूर्ण खेलमा गोल गरेका हुन् । यो खेल युभेन्ट्स ए र युभेन्ट्स बी’ बीच टुरिन भन्दा बाहिर भिल्ला पेरोसमा वार्षिक रुपमा खेलिने गरिन्छ । जहाँ आइतबार युभेन्ट्स ‘ए’ले बी’लाई ५–० ले हरायो ।

३३ बर्षे रोनाल्डो यहि सिजन रियल म्याड्रिडबाट युभेन्ट्स पुगेका थिए । समर्थकहरु मैदान भित्र नै प्रवेश गरेपछि ७२ औं मिनेटमा खेल रोक्नु परेको थियो । अर्को साता सुरु हुने सिरि एमा रोनाल्डोले डेब्यू गर्ने अपेक्षा गरिएको छ । सिरी ए च्याम्पियनका मालिक एग्नेली परिवारले भिल्ला परोसमा सन् १९५५ देखी हरेका बर्ष मैत्रीपूर्ण आयोजना गर्दै आएका छन् । युभेन्ट्स ‘बी’ ले पहिलो पटक सन् २००५ मा युभेन्ट्स ‘ए’ लाई ३–२ ले हराएको थियो ।

December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]