7 years ago
August 13, 2018
रियो (एजेन्सी) – ब्राजिलियन विश्वकप विजेता रोनाल्डो क्यास मिसेस अस्पताल भर्ना भएका छन् । उनी निमोनियाबाट प्रभावित भए पछि अस्पताल भर्ना भएका हुन् । ४१ बर्षीय पूर्व स्टार रोनाल्डोले शुक्रबारबाट सन्चो नभएको भन्दै ट्विट गरेका थिए । उनले सोमबार सम्म सन्चो हुने आशा रहेको बताएका थिए ।
उता अस्पतालका प्रवक्ताले गोपनियताका कारण कुनै जानकारी दिन असमर्थ भएको बताएका छन् । सन् २००२ को विश्वकप उपाधि जित्दा रोनाल्डो चम्केका थिए । उनले टोलीका लागि ६२ गोल गरेका थिए । रियल मड्रिडका पूर्व स्टार रोनाल्डोले बार्सिलोना, इन्टरमिलान र एसी मिलानबाट पनि खेलेका थिए ।
उनले ट्वीट मार्फत आफ्ना समर्थकले देखाएको माया प्रति आभार व्यक्त गरेका छन् । स्ट्राइकर रोनाल्डोले सात वर्षअघि नै खेलबाट सन्यास लिएका थिए । उनले ब्राजिलियन क्लब कोरियन्थएन्समा खेल्दै खेल जीवनबाट विश्राम लिएका थिए ।
रोनाल्डोले दुई पटक ला लिगा रियलबाट र युइएफए कप इन्टरबाट उपाधि जितेका थिए । ब्राजिलले १९९४ मा विश्वकप जित्दा उनी टिमका सदस्य थिए । तर, उनले खेल्ने मौका पाएनन् । उनले १९९८ मा ब्राजिल फाइनल पुग्दा महत्वपुर्ण भुमिका खेलेका थिए । उनी १९९८ र २००२ को विश्वकपमा सर्वश्रेष्ठ खेलाडी घोषित भएका थिए ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]