7 years ago
August 13, 2018
काठमाडौं (हाम्रो खेलकुद) – साफ यू–१५ महिला च्याम्पियनसिपको समूह चरणको अन्तिम खेलमा नेपालले आज सावि विजेता बंगलादेशको सामना गर्दैछ । खेल भुटान थिम्पुस्थित चाम्लिङथाङ रंगशालामा साँझ ७ बजेपछि शुरु हुनेछ । समूह ‘बी’ बाट दुवै टोली सेमिफाइनलमा पुगिसकेका कारण आजको विजेता समूह विजेताको रुपमा अघि बढ्नेछ ।
बंगलादेशले पाकिस्तानमाथि १४–० को फराकिलो जित दर्ता गर्दा नेपालले पनि पाकिस्तानलाई ४–० को अन्तरमा पराजित गर्दै एक खेल अगावै सेमिफाइनलमा स्थान बनाएको थियो । दुई हारसँगै पाकिस्तान समूह चरणबाटै बाहिरियो । बंगलादेशलाई समूह विजेता बन्न बराबरी नै पर्याप्त हुनेछ ।
बराबरीपछि दुवै टोलीको समान ४ अंक पुगेपनि बंगलादेश गोल अन्तरमा समूह विजेता बन्नेछ । यता, नेपाललाई समूह विजेता बन्न निश्चित जित आवश्यक छ । आजै भारत र भुटानबीच दिउसो ४ बजे खेल हुनेछ ।
यि दुई टिमबीचको विजेता समूह ‘ए’ को विजेता बन्नेछ । समूह ‘ए’ मा भारतले श्रीलंकामाथि १२–० को तथा भुटानले पनि श्रीलंकामाथि ६–० को सहज जित निकालेर सेमिफाइनलमा स्थान बनाउन सफल भएको थियो । बंगलादेश साविकको विजेता हो भने, भारत उपविजेता हो । सेमिफाइनलका खेलहरु १६ अगस्टमा हुनेछ ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]