default_image

7 years ago

August 13, 2018

ट्रान्सफर बजारको चर्चित खबरहरु

129 views

0 Bookmark

मिलान (एजेन्सी) – इंग्लिस प्रिमियर लिगमा खेलाडी किन्ने अवधि समाप्त भएपनि अन्य लिगमा भने किनबेचको सिलसिला कायमै छ । यसका लागि प्रिमियर लिगका खेलाडी अन्यत्र क्लब जाने विकल्प भन्ने खुला छ । ट्रान्सफर बजारमा हाल चलेको केहि चर्चा यसप्रकार छन् :

अगष्ट ३१ मा खेलाडी ट्रान्सफर विन्डो सकिन अघि अनि ला-लिग च्याम्पियन बार्सिलोना पल पोग्बालाई लिने तयारीमा रहेको छ। यद्यपि म्यानचेस्टर युनाईटेडले पोग्बालाई टिमबाट बाहिरिन नदिने घोषणा गरेको थियो।

एसी मिलान चेल्सीका २३ बर्षीय फ्रान्सेली मिडफिल्डर टाईमौए बकयोकोलाई आफ्नो टोलीमा लिन प्रयासरत रहेको छ। उनलाई मिलानले लामो समयका लागि लिन खोजेको समाचार समेत बाहिरिएको छ।

बेसिक्टसले लिभरपुलका गोलरक्षक लोरिस करिउसलाई निशानामा राखेको छ। टर्कीको टोलीले जर्मन गोलरक्षकलाई लामो समयका लागि लोनमा लिन प्रयास गरिरहेको छ।

म्यानचेस्टर सिटिका २३ बर्षीय डिफेन्डर जेसन डिनाएरले लोनमा क्लब छाड्न मानेका छैनन् । उनी टर्कीको क्लब गालाटासरेमा जान इच्छुक रहेका छन्।

क्रिस्टियानो रोनाल्डोले युभेन्टसलाई लाजियोका मिडफिल्डर सेर्गेज मिलिन्कोभिच – सभिचलाई आफ्नो टोलीमा लिन आग्रह गरेका छन्। सर्बियाका २३ बर्षीय उनलाई चेल्सी र म्यानचेस्टर युनाईटेडले समेत इच्छा दखाएको छ।

पेरिस सेन्ट जर्मनका मिडफिल्डर रेबिओटले टोलिसंग आफ्नो सम्झौता अवधि बढाउन अस्वीकार गरेका छन्। उनको सम्झौता यो सिजनको अन्त्यमा समाप्त हुँदैछ।

जर्मनीका डिफेन्डर थिलो कह्रेर ३३ मिलियन युरोको सम्झौतामा पेरिस सेन्ट जर्मन जाने भएका छन्।

वार्टफोर्डका फ्रान्सेली मिडफिल्डर अब्ड़ोउल्याए डोउकौरीले आफु भविष्यमा टोलि छाड्न सक्ने बताएका छन्।

च्याम्पियनशिपको टोलि शेफिल्ड युनाईटेडले ओलिभर नर्वुडलाई टोलीमा लिन सक्ने संकेत दिएको छ।

म्यानचेस्टर युनाईटेडले अर्जेन्टिनि डिफेन्डर मार्कस रोहोसंग को सम्झौताका लागि कुरा भैरहेको जनाएको छ।

स्कटल्याण्डका फरवार्ड रोस म्यकर्म्याक र ईंग्लिश डिफेन्डर मिकाह रिचार्डलाई एस्टन भिल्लाले छाड्ने भएको छ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.