default_image

10 years ago

February 17, 2016

नेपालले फुटबलमा स्वर्ण जितेको खुसीमा बाइक र्याली

228 views

0 Bookmark

दिपक बोहोरा ,पाँचथर

हिजो नेपाली फुटबलमा एक इतिहास रचिएको थियो । नेपाल १७ वर्ष पछि साग फुटबलको फाइनल खेल खेल्दै थियो । आम नेपालीहरु टेलीभिजनको पर्दा हेर्दै नेपाली टिमको जितको कामना गर्दै थिए । सबैको कैतुहल्ता थियो आज नेपालले जित छ कि जित्दैन । भरर्खर बङगबन्धु गोल्डकप जितेर नेपालीको मन जितेको नेपाली टिम समुह चरणमा पनि निकै राम्रो प्रर्दशन गरेर नेपालीकोमन जितेका थिए । नेपाल र भारत बिचको खेल जहिले पनि निकै रोचक साथ लिने गरीएको छ । नेपालले हिजो २३ बर्ष पछि साग फुटबलमा स्वर्ण पदक जितेर इतिहार रचेका छन ।

bike rally panchthar

 

हिजोको दिन कुनै नेपालीले बिर्सन सक्ने छैन्न। हिजो नेपालले साग फुटबलमा स्वर्ण जितेका खुसिमा पाँचथर सदरमुकाम फिदिममा मंगलबार सयौ सङख्यामा मोटरसाइकल र्‍यालीको आयोजना गरीएको छ । सदरमुकाममा रहेको फिदिम स्पोटिङ क्लबको आयोजनामा बाइक र्‍याली आयोजना गरीएको हो । र्‍यालीमा नेपालको झन्डा बोकेर सङख्यामा सयौ सङख्यामा युवाहरुको सहभागिता रहेको थियो । “यो जित हामि सबैको जितको ।

“भारतलाई उसकै भुमिमा हराउनु गौरबको कुरा हो । नेपालको जितको खुसी साट्न र्‍यालीमा सहभागी भएको हूा ”र्‍यालीमा सहाभागी भएका फिदिम स्पोटिङ क्लबका उपाध्यक्ष दिपेन्द्र थापाले भन्नु भयो ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.