10 years ago
February 18, 2016
१२औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत फुटबलमा नेपाललाई स्वर्ण पदक जिताउन सफल भएको टोलीका दुइ सदस्य भारतमै फुटबल खेल्ने भएका छन्|
डिफेन्डर अनन्त तामाङ्ग र फरवार्ड अन्जन बिस्ट भारतबाटै सिक्किम तर्फ लागेका छन्| हिजो भएको स्वागत र्यालीमा पनि सहभागी हुन नसकेका खेलाडीहरु गान्तोकको सिक्किम हिमालयन स्पोर्टिंग क्लबमा ट्रयालमा खेल्न गएको बुझिएको छ|
अन्जन र अनन्त साफ यु-१९ विजेता टोली र बंगबंधु गोल्डकप विजेता टोलीमा पनि महत्वपूर्ण भूमिका खेलेका थिए|
विगतमा पनि गणेश खड्का, योगेश गुरुङ जस्ता नेपाली खेलाडीहरु खेलिसकेको क्लब सिक्किम हाल आई-लिग को दोश्रो डिभिजनमा छ|
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]