default_image

10 years ago

February 18, 2016

किन कसैलाई काखा कसैलाई पाखा ?

338 views

0 Bookmark

दिपक बोहरा, पाँचथर

 

दक्षिण एसीयाली खेलकुद महाकुम्भमा नेपालले सोचे अनुरुप प्रर्दशन गर्न सकेन । नेपालले तुलनात्मकरुपमा धेरै कम पदकमा मात्र चित बुझाउनु पर्‍यो । नेपालले जुडो , उसु र पुरुस फुटबलमा स्वर्ण पदक जित्यो । नेपालले जम्मा ६० पदक जित्यो जसमा ३ स्वर्ण २३ रजत र ३४ कास्य जित्यो । यो पदक तालीकालाइ हेर्दा नेपालको प्रर्दशन सन्तोषजनक रहेन । निकै कमजोर प्रर्दशन गर्‍यो । यसका विभिध कारणहरु छन ।

army reaches in final
साग खेलकुदको दैरानमा निकै रोचकका दृष्यहरु देखिए । नेपालले साग खेलकुदमा धेरै विधामा सहभागी भयो तर नेपालमा थोरै खेलको मात्र चर्चा र बहस भयो । नेपाली मिडियाले सबै खेलको चर्चा सोचे अनुरुप गरेन्न् । भने कुनै खेलको चर्चा आवश्यक भन्दा बढि गरेको पाइयो । यसलाइ हेर्दा पनि मिडियाले पनि केहि बिभेद गरेको होकि भन्ने मेरो बुझाइ रहेको छ । फुटबलको सफलताले अरु खेलको सफलतालाई छाायामा पार्‍यो जुन दुखद पक्ष रहयो । हो फुटबलमा नेपालले २३ वर्ष पछि स्वर्ण जितेको हो । अनी आयोजक भारतलाई उस्कै मैदानमा हराएको हो । सम्मान गरीनु पर्दछ । यो कुरामा कुनै दुइमत नहोला ।

 

फुटबल टिमलाई तेत्रो सम्मान गर्दा उसुका खेलाडीहरु लाइ झापामा किन बिजोक बनाइयो ? फुपुलाह्मु खत्रि र निमा घर्तिको स्वर्ण किन छायाामा पारीयो ? के उनि हरुले दुखनै नगरी स्वर्ण हात पारेका हुन त ? कि फुटबल खेलाडिमात्र खेलाडि हुन ? के एकको सफलताले अर्को सफलतालाई बिर्सनु हुन्छ ?

मैले फुटबल खेलाडिहरुको सम्मान लाई बिरोध गरेको होइन । म सम्मान गर्छु , सलौट गर्छु तर मेरो सम्मान ति सबै खेलाडिहरुलाइ छ । जसले यो देशकोलागी खेलेका थिए । यो माटोकोलागी खेलेका थिए । तर अफसोच यहाा यसरी चर्चा गरीयो कि हामिले फुटबलमात्र जितेका छौ । के सम्मान जितेका लाई मात्र गर्ने हो ? पुरुस फुटबल लाई नगर घुमाएर यत्रो सम्मान हुदाा रजत जितेर आएका नेपाली महिला फुटबलको टिमको चर्चा नै भएन । के उनिहरुलाई चाहि हैसला बढाउनु पर्दैन ?

nima gharti magar

फुटबल टिमलाई रातारात हिरो बनाउदै गर्दा यहि देशको प्रतिनिधित्व गरेर गएका केहि खेलाडि बेखर्चि भएर बाटो बिजोक भएको समाचारहरु पनि सुन्नमा आयो । यो समाचार साचो हो भने उनिहरुलाई किन यस्तै गरीयो ? किन कसैलाई काखा र कसैलाइ पाखा गरीदैछ ? यहि फुटबल टिमले पनि खराब प्रर्दशन गरेको भए सायद यहि हबिगत हुने थियो होला । अनि रजत र कास्य जितेका खेलाडीहरुलाई त पुरै बिर्सिएको जस्तो गरीयो । जुन दुखद पक्ष हो । सबै खेलाडिहरु जित्नकै लागी खेलेका हुन्छन । खेलमा हार जित हुन्छ तर हार र जित लाइ आधार बनाएर कसैलाई काखा र कसैलाई पाखा गरीनु हुदैन ।

नेपाली खेलकुदमा एक अच्चमको संस्कार बिकास भएर आएको छ । जुन राम्रो संस्कार होइन । हामि कुनै खेल जितेर आयो भने बढि हल्ला गर्छौ । एयरर्पोटमा फुलमाला सहित जान्छै । तर हारेर आयो भने कुने वास्ता गर्दैनै । यो दुखद कुरा हो । यो संस्कार देख्दा यो पङतिकारलाई आसु आउछ । यो हाम्रो गलत मानशिकताको उपजहो । हमि यस्ता मानसिकताबाट मुत्त हुनु पर्छ । सबै खेलाडी यो देशको गहना हुन । सबै खेलाडि सम्मानयोग्य छन । सबैलाइ सम्मान गरीनु पर्दछ । अन्तमा सबै खेलाडिहरु प्रति सम्मान । सबै खेलाडीहरुलाइ सलौट

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.