default_image

7 years ago

September 2, 2018

विश्व फुटबलका पाँच सर्वाधिक गोलकर्ता

181 views

0 Bookmark

यदि कुनै फुटबल समर्थकलाई उनको सबैभन्दा मन पर्ने खेलाडीको नाम सोध्ने हो भने धरैको जवाफमा स्ट्राइकर नै नाम हुन्छ । स्ट्राइकरले गोल गर्दा खेलमा जुन प्रभाव छाडछन् त्यसले गर्दा उनीहरुको महत्व अझ धेरै हुन्छ ।

विश्वकै उत्कृष्ट खेलाडी को हुन् भन्ने प्रश्नको जवाफमा समेत अधिकांश स्ट्राइकरहरुको नाम जोडिन्छ । अरुभन्दा सफल स्ट्राइकर तिनै हुन्छन् जसको नाममा धेरै संख्यामा गोल रहेको छ । कमै खेलाडीहरुले मात्र आफ्नो करियरमा ४०० भन्दा धेरै गोल गरेका छन् हाल पनि केहि खेलाडी त्यस्ता छन् जो ४ सय गोल गरेर पनि अझै खेलिरहेका छन् ।

५) डेभिड भिल्ला (४१५ गोल) :

पाँचौं स्थानमा छन् बार्सिलोनाका पूर्व स्ट्राइकर डेभिड भिल्ला । स्पेनका भिल्ला आफ्नो देशका लागि सबैभन्दा धेरै गोल गर्ने खेलाडी हुन् । उनको नाममा राष्ट्रिय टोलीका लागि ९८ खेलबाट ५८ गोल रहेको छ । यद्यपि भिल्लाले उमेर समुहमा आफ्नो देशका लागि गोल गरेका छैनन् । विभिन्न क्लबका लागि खेल्ने क्रममा भिल्लाले २३१ पटक गोल गरेका छन् र अधिकांश गोलहरु ला-लिगामा आएका हुन् । यस्तै स्पेनको तल्लो डिभिजनमा समेत उनले ५५ गोल ठोकेका छन् ।

हाल अमेरिकाको न्युयोर्क सिटिका लागि खेलिरहेका भिल्लाले अमेरिकन क्लबको लागि ११३ खेलबाट ७४ गोल गरेका छन् । ला-लिगामा आफुले खेलेका हरेक टोलीका लागि उपाधि जिताएका भिल्ला युरो २००८ र फिफा विश्वकप २०१० मा सर्वाधिक गोलकर्ता थिए ।

४) लुईस सुआरेज (४३० गोल) :

आफ्नो फुटबल करियरमा ४ विभिन्न लिगमा गोल गर्ने खेलाडीहुन् लुईज सुआरेज । उरुग्वेको घरेलु लिगबाट फुटबल सुरु गरेका सुआरेजले त्यस लिगमा ३४ खेलमा १२ गोल गरेका थिए । प्रिमियर लिगमा लिभरपुलसँग जोडिनुअघि सुआरेजले नेदरल्याण्डको लिगमा मुख्यत आयाक्सबाट ११४ गोल गर्न भ्याए । लिभरपुलमा रहँदा उनले ८२ गोल गरेका थिए । लिभरपुलसँगको अन्तिम सिजनमा उनले ३१ गोल गर्दै क्रिस्टियानो रोनाल्डोसंग युरोपियन गोल्डेन बुट बाँडेका थिए ।

Suarez

लुइस स्वारेज – बार्सिलोना

सन् २०१४ मा लिभरपुल छाडेर बार्सिलोना आएका सुआरेजको प्रदर्शन ला-लिगामा समेत उत्क्रिस्ज्त रहेको छ । सन् २०१५/१६ को सिजनमा क्रिस्टियानो रोनाल्डो र लियोनल मेस्सीलाई पछि छाड्दै सुआरेजले ला-लिगामा ४० गोल गरेका थिए ।

३) ज्लाटन इब्राहिमोभिच (५०५ गोल) :

फुटबल करियरको ८७६ खेलमा ५०५ गोल गर्दै इब्राहिमोभिच यस सूचिको तेस्रो स्थानमा रहेका छन् । ८ विभिन्न लिगमा १० टोलीका लागि इब्राहिमोभिच ले ४३६ गोल गरेका छन् । नेदरल्याण्डको लिगमा जानु अघि स्विडेनको घरेलु लिगमा १८ गोल गरेका उनले डच घरेलु लिगको टोलीका लागि ४८ गोल गरे । इटालियन महारथी युभेन्ट्समा पुगेपछि उनले दुई सिजनमा २६ गोल गरे ।

Zlatan scores winner against Leicester in Community Shield

त्यसपछि इटालीकै इन्टर मिलानमा उनले ६६ गोल गर्न भ्याए । स्पेनमा बार्सिलोनाको लागि एक सिजनमा २२ गोल गरेका इब्राहिमोभिचले एसी मिलन, पेरिस सेन्ट जर्मन, म्यानचेस्टर युनाईटेड र ग्यालेक्सीका लागि खेलेका छन् ।

२) लियोनल मेस्सी (६४६ गोल) :

८२२ खेलमा ६४६ गोल गरेका लियोनल मेस्सी सूचिको दोस्रो स्थानमा रहेका छन् । आफ्नो फुटबल करिअरमा बार्सिलोनाका लागि मात्र खेलेका उनले सिनियर टोलीको लागि ५५४ र बार्सिलोनाको तल्लो टोलीका लागि ११ गोल गरेका छन् ।

आफ्नो खेल जीवनमा उनले अर्जेन्टिनाका लागि सिनियर टोलीबाट ६५ गोल गरेका छन् । यस्तै अर्जेन्टिनाको यू-२० का लागि १४ र यू-२३ का लागि १६ गोल गरेका छन् । बार्सिलोनाका लागि ३३ ट्रफी जितेका मेसीले ५ पटक फिफा बेलन डी’ओरआफ्नो नाम गरेका छन्।

१) क्रिस्टियानो रोनाल्डो (६७६ गोल) :

सूचिको शीर्ष स्थानमा छन् ९५२ खेलमा ६७६ गोल गरेका क्रिस्टियानो रोनाल्डो । रोनाल्डोले क्लबमा रहेर ५७३ गोल गरेका छन् । पोर्चुगलका स्टार स्ट्राइकरले सपोर्टिङ लिस्बनक लागि ५, म्यानचेस्टर युनाईटेडका लागि ११८ र रियल म्याड्रिडबाट ४५० गोल गरेका छन् ।

गत महिना मात्र यस सिजनका लागि इटालियन क्लब युभेन्ट्स पुगेका रोनाल्डोले सिरी ए मा कति गोल गर्नेछन त्यो भने हेर्न बाँकी नै छ ।

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.