default_image

7 years ago

September 2, 2018

च्याम्पियन्स लिगमा छुटाउन नहुने शीर्ष ५ खेल

212 views

0 Bookmark

मोनाको (एजेन्सी) – निकै प्रतिक्षा गरिएको सन् २०१८/१९ को च्याम्पियन्स लिगको समूह चरणको खेल तालिका बिहीबार सार्वजनिक भएको छ । समूह चरणको ड्रबाट केहि रोमान्चक र उत्सुक समुह भएसँगै सिर्जना भएसँगै फुटबल समर्थकहरु मुख्य खेलको मिति याद गर्न थालिसकेका छन् । युरोपका ठूला टोली सहभागी हुने यस प्रतियोगितामा  समुह चरणमा यी ५ खेल रोमान्चक बन्ने सम्भावना रहेको छ :

५) एटलेटिको म्याड्रिड विरुद्ध बोरुसिया डर्टमन्ड

यदि एटलेटिको म्याड्रिडले जुन १ मा हुने फाइनलका लागि आफ्नो स्थान बनाउन चाहन्छ भने सुरुवातमा जर्मन टोली बोरुसिया डर्टमन्डको सामना गर्नुपर्नेछ । दुवै टोलीहरु उत्कृष्ट रहेपनि घरेलु लिगमा अर्को ठुलो टोलीको छायाँमा रहँदै आएका छन् । ला-लिगामा एत्केटिको रियल म्याड्रिड र बार्सिलोनाको छायाँमा पर्दै आएको छ भने जर्मन लिगमा बोरुसियाले बायर्नको छायाँमा रहनु परेको छ । दुवै टोली पछिल्लो सिजन अन्तिम १६ मा पर्नबाट चुकेका थिए ।

४) रियल म्याड्रिड विरुद्ध एएस रोमा

roma

रियल म्याड्रिड रहेको समुहमा एएस रोमासँगै सीएसकेए मस्को र भिक्टोरिया प्ल्ज़ेन रहेका छन् । यस समुहमा अन्य टोलीहरु त्यति सशक्त नभएपनि एएस रोमालाई हल्का आँक्नु गलत हुनेछ । पछिल्लो सिजन समेत चेल्सी र एटलेटिको म्याड्रिड रहेको समुहमा रहेको रोमा सबैलाई चकित पार्दै अर्को चरणमा पुगेको थियो । तर रोमाको खेलबाट सारा फुटबल विश्व त्यस समय चकित भयो जब रोमाले बार्सिलोनालाई समग्रमा ४-४ को नतिजा निकाल्दै जित निकाल्यो । अन्त्यमा सेमिफाइनलमा रोमा लिभरपुलसँग पराजित भएको थियो ।

३) बार्सिलोना विरुद्ध टोटनह्याम हट्स्पर

गत सिजन रोमाले बार्सिलोनालाई हराउँदा टोटनह्यामले भने रियल म्याड्रिडलाई टाउको दुखाइ बनेको थियो । बोरुसिया डर्टमुन्ड र रियलसंगैको समुहमा परेपनि टोटनह्याम समुह बिजेता बन्दै अर्को चरणमा पुगेको थियो । अर्को चरणमा भने स्पर्स जुभेन्ट्ससँग पराजित रहेको थियो । यदि लियोनल मेस्सीको बार्सिलोना आफ्नो सबैभन्दा सक्षम खेलमा नरहने हो भने बार्सिलोनाले अर्को पराजय भोग्नु पर्ने हुनसक्छ ।

२) पेरिस सेन्ट जर्मेन विरुद्ध लिभरपुल

योर्गेन क्लोपको आगमनसँगै लिभरपुल अझ बलियो टोली बनेको छ । गत सिजन समेत उपाधिको नजिक पुगेर निराश बनेको लिभरपुलले यस सिजन भने समुह चरणमा नै पेरिस सेन्ट जर्मेनको सामना गर्नेछ । नेईमार, एम्बाप्पे, काभानी रहेको पिएसजीलाई रोक्न लिभरपुललाई कठिन हुनेछ ।

१) युभेन्ट्स विरुद्ध म्यानचेस्टर युनाइटेड

युनाइटेडका लागि १९६ खेल खेल्दै ८४ गोल गरेका क्रिस्टियानो रोनाल्डो युभेन्ट्सबाट युनाइटेडकै विरुद्धमा खेल्न उत्रिने छन् । यस समयभने रोनाल्डोको काँधमा थप जिम्मेवारी थपिएको छ । रियलबाट खेल्दा च्याम्पियन्स लिगमा उत्कृष्ट समय बिताएका रोनाल्डोलाई कडा टक्कर दिन युनाइटेड तयार रहने छ ।

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.