7 years ago
September 2, 2018
बनर्लि (एजेन्सी)– इंग्लिस प्रिमियर लिगमा आइतबार म्यानचेस्टर युनाइटेड विजयी हुँदा अर्को खेलमा टोटेनह्याम पराजित भएको छ । म्यानचेस्टर युनाइटेडले बनर्लिलाई २–० ले पराजित गरेको छ । अर्को खेलमा टोटेनह्यामले वाटफोर्डलाई २–१ ले नतिजा सुम्पियो ।
१० खेलाडीमा समित हुँदै खेलको अन्त्य गरेको युनाइटेडको जितमा दुवै गोल रोमेलु लुकाकुले लगरेका थिए । पहिलो गोल २७ औं मिनेटमा गरेका लुकाकुले अर्को गोल ४४ औं मिनेटमा गरे । माकुर्स रासफोर्डले ७१ औं मिनेटमा रातो कार्ड पाउँदै मैदान छाडेपछि युनाइटेड दस खेलाडीमा सिमित भएको थियो ।
अर्को तिर आत्मघाती गोलबाट खेलमा अग्रता बनाएपनि टोटेनह्यामले पराजय भोगेको थियो । अब्दुलाय डकउरेकोको आत्मघाती गोलमा टोटेनह्यामले ५३ औं मिनेटमा अगता लिएको थियो । तर टोरी डेनीले ६९ औं मिनेट र क्रेग चाटकार्टले ७६ औं मिनेटमा गोल गर्दै वाटफोर्डलार्ई जित दिलाए ।
आइतबार नै अर्को खेलमा आर्सनलले कार्डिफलाई ३–२ ले हराएको छ । ४ खेल पछि युनाइटेडको ६ अंक पुगेको छ भने टोटेनह्यामको ९ अंक छ । लिभरपुल, चेल्सी र वाटटफोर्डको समान १२ अंक छ ।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]