default_image

7 years ago

September 11, 2018

‘माल्दिभ्ससँग खेल्न तयार छौं’ – गोलरक्षक किरण

126 views

0 Bookmark

प्रकाश तिमल्सिना

ढाका – नेपाली राष्ट्रिय टिमका पहिलो रोजाईका गोलरक्षक किरण चेम्जोङले साफ च्याम्पियनसिपअन्तर्गत बुधबार हुने माल्दिभ्सविरुद्धको सेमिफाइनल खेलका लागि तयार रहेको बताएका छन् ।

माल्दिभ्सकै टीसी स्पोर्ट्स क्लबबाट व्यावसायिक फुटबल खेल्दै आइरहेका किरण नेपाल पहिलो पटक फाइनल खेल्न तयार रहेको बताए ।  ‘हामी सेमिफाइनलमा माल्दिभ्सविरुद्धको खेलको लागि तयार छौं । माल्दिभ्सविरुद्धको खेल्न टिम तयार र उत्साहित छ । माल्दिभ्सलाई पराजित गरेर हामी फाइनल पुग्न चाहान्छौं ।’ गोलरक्षक किरणले भने, ‘साफमा यो मेरो तेस्रो सेमिफाइनल हुनेछ । आफूले सक्ने मिहनेत गर्नेछौं र नेपाललाई फाइनल सम्म पुर्याउने योजना हुनेछ ।’

किरणकै टोली टीसी स्पोर्ट्समा खेल्ने दुई खेलाडी माल्दिभ्सको राष्ट्रिय टोलीमा छन् । फरवार्ड इब्राहिम महुधि र मिडफिल्डर इब्राहिम वाहिद दुवै खेलाडी भारतविरुद्ध पहिलो रोजाइमा खेलेका थिए । किरणले आफ्ना क्लबका सहकर्मीलै पराजित गर्दै नेपाली समर्थकलाई खुशी दिने बताए ।

‘हामीले आफ्नै गल्तीमा पाकिस्तानसँगको हारबाट साफ सुजुकी कपको यात्रा शुरु गरेका थियौ । पहिलो हारसँगै हामीलाई अर्काे चरण पुग्न बाँकी दुवै खेल जित्नै पर्ने दवाव थियो । दोस्रो खेलमा हामीले कमब्याक गर्यौं र तेस्रो खेलमा राम्रो खेल्दै सेमिफाइनलमा पुग्न सफल भयौं । अब लक्ष्य फाइनल पुग्ने हो ,’ किरणले भने ।

‘विशेषगरी बंगलादेशमा रहेका नेपाली फ्यानहरुलाई धन्यवाद दिन चहान्छु । फ्यानहरुबाट हामीले जहिल्यै साथ पाइरहेको छौं । त्यो भनदा धेरै सपोर्टको अपेक्षा गरेका छौं । उनले भोलि हुने खेल हेर्न आउनलको बंगलादेशमा रहेका सबै समर्थकहरुलाई आग्रह गरेका छन्,’ उनले टुंग्याए ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.