default_image

7 years ago

September 17, 2018

‘ए’ डिभिजन लिगमा झन्डै २ करोड पुरस्कार, कसले के पाउने ?

142 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) ले आइतबार पत्रकार सम्मेलन गर्दै असोज १३ बाट लिग सुरु गर्ने घोषणा गरेको छ । यस घोषणासँगै झन्डै ५ वर्ष रोकिएको लिग फुटबल फर्किएको छ । विगतमा ए डिभिजन लिगको पुरस्कार ७५ लाख रहेपनि यसपटक पुरस्कारमा समायोजन गरिएको छ ।

लिगको विजेताले ५० लाख रुपैयाँ पाउनेछन् भने उपविजेता टोलीले ३५ लाख हात पार्नेछन् । तेस्रो हुने टोलीले २५ लाख तथा चौथोले १५ लाख रुपैयाँ प्राप्त गर्नेछ । त्यस्तै एन्फाले पाँचौं हुनेलाई ७ लाख र छैटौं हुनेलाई ५ लाख रुपैयाँ पुरस्कार दिने भएको छ । यसबाहेक लिगको अनुशासित टोलीले १ लाख रुपैयाँ पाउनेछ ।

विधागत रुपमा उत्कृष्ट प्रशिक्षक तथा खेलाडी (गोलकिपर, डिफेन्स, मिडफिल्ड र फरवार्ड) ले मोटरसाइकल प्राप्त गर्नेछन् । १४ टोली सम्मिलित प्रतियोगितामा राउण्ड रोबिन लिग प्रणालीमा खेलाइनेछ । यसको मतलब लिगमा कुल ९१ खेल हुनेछन् । प्रत्यक खेलको म्यान अफ द म्याचले १० हजार रुपैयाँ प्राप्त गर्ने पनि एन्फाले जानकारी दिएको छ ।

एन्फाले यसपटक खेल मिलेमतोलाई निरुत्साहित गर्न प्रत्यक खेलको विजेता टोलीलाई पनि पुरस्कार राशीको व्यवस्था गरेको छ । एन्फाको नयाँ प्रावधान अनुसार प्रत्यक खेलको विजेता टोलीले ५० हजार रुपैयाँ पाउनेछन् । यदि खेल बराबरी भएको खण्डमा भने दुवै टोलीले १५-१५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

यसबाहेक एन्फाले लिग तयारी खर्च स्वोरुप प्रत्यक क्लबलाई २० लाख रुपैयाँ दिने निर्णय पनि गरेको छ । यो रकम हालसम्म एन्फाले कुनैपनि प्रतियोगिता तयारीको लागि दिएको सर्वाधिक रकम हो । यस रकमले क्लबहरु रेलिगेसन बिनाको लिग फुटबलमा खुलेर लाग्ने वातावरण सिर्जना गर्न सघाउ पुग्ने एन्फा स्रोतले जानकारी दियो ।

कुल पुरस्कार राशी :

विजेता – ५० लाख रुपैयाँ

उपविजेता – ३५ लाख

तेस्रो – २५ लाख

चौथो –  १५ लाख

पाँचौं – ७ लाख

छैटौं – ५ लाख

अनुशासित टोली – १ लाख

उत्कृष्ट प्रशिक्षक तथा खेलाडी –  ५ मोटरसाइकल -अनुमानित १० लाख

खेल विजेता – ९१ X ५० हजार =४५ लाख ५० हजार

म्यान अफ द म्याच – १० हजार X ९१ खेल =९ लाख १० हजार

कुल रकम दुई करोडभन्दा बढी हुने ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.