7 years ago
September 18, 2018
काठमाडौं (हाम्रो खेलकुद) – एएफसी यु–१६ महिला च्याम्पियनसिपको छनोट अन्तर्गतको समूह ‘ई’ का खेलहरु भोलि (बुधबार) देखि राजधानीमा सुरु हुँदैछ । प्रतियोगिताका सबै खेलहरु हल्चोकस्थित सशस्त्र प्रहरी बल (एपीएफ) को खेल मैदानमा हुनेछ ।

प्रतियोगितामा आयोजक नेपालसहित मलेसिया, म्यानमार र फिलिपिन्स रहेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार नै पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी गराएको छ । आयोजक एन्फाले प्रतियोगितामा सहभागी हरेक टिमको तयारीको बारेमा जानकारी गराउन मंगलबार प्रि–म्याच पत्रकार सम्मेलनको आयोजना गरेको थियो । प्रि-म्याच पत्रकार सम्मेलनमा प्रपिशक्षक र कप्ताने के भने ?
गंगा गुरुङ (प्रशिक्षक, नेपाल)

तयारी राम्रो रहेको छ । राम्रो वर्क भैरहेको छ । यसै प्रतियोगितालाई मध्यनजर गर्दै हामीले भुटानमा भएको साफ च्याम्पियनसिपमा सहभागिता जनाएका थियौं । बंगलादेशमा भएको साफ च्याम्पियन सिप र भुटानमा भएको साप च्याम्पियनसिपबाट हामीले धेरै पाठ सिकेका छौं । हामीले बंगलादेशमा भन्दा भुटानमा राम्रो गरेका छौं । नेपालमै हुने एएफसी प्रतियोगितामा पनि राम्रो खेल्ने प्रयास गर्नेछौं । हामीले निरन्तर प्रशिक्षण गरिरहेका छौं । फिलिपिनसविरुद्धको खेलका लागि हामी तयार छौं । पहिलो खेल महत्वपूर्ण हुनेछ । टिमको बलियो पक्ष टिमवर्क, अनुशासन, शारीरिक र मानसिक रुपमा तयार हुनु हो । विपक्षीबारे कुनै जानकारी नरहेपनि हामी विपक्षीलाई कमजोर आँक्ने छैनौं ।
प्रिति राई (कप्तान, नेपाल)

हामी फिलिपिन्सविरुद्ध खेल्न तयार छौं । शत प्रतिशत दिएर खेल्नेछौं । टिमको प्रर्दशनमा विगतमा भन्दा अहिलेमा परिवर्तन आएको छ । हामीले म्याच एक्स्परियन्स लिएका छौं । यो म्याच अनुभवलाई हामी यो प्रतियोगितामा प्रयोग गर्नेछ ।
टिम वनगान विन गनाई (प्रशिक्षक, मलेसिया)

यो च्याम्पियनसिपको लागि हाम्रो तयारी राम्रो भएको छैन । तर, हामी छनोट हुने लक्ष्यसहित नेपाल आएका छौं । हामी हाम्रो तर्फबाट सक्दो प्रयास गर्नेछौं । यो समूहमा आयोजक नेपाल बलियो रहेको हामीले अनुमान गरेका छौं । मलेसियामा महिलाका उमेर समूहको टिम छैन । यो नै पहिलो महिला उमेर समूहको टिम हो ।
सान सान थिम (प्रशिक्षक, म्यानमार)

हामीले यसै प्रतियोगिताको लागि पाँच महिनाको प्रशिक्षण गरेका छौं । यसबीचमा हामीले एएफएफ च्याम्पियनसिप खेल्यौ । यसमा हामी उपविजेता बन्यौ । हामीले उक्त प्रतियोगिताममा फिलिपिन्सलाई ७–१ ले पराजित गरेका थियौं । हामीलाई विपक्षीको बारेमा केही पनि जानकारी छैन । मलाई लाग्छ सबै टोली बलिया छन् ।
मारिएल बेनिटेज (प्रशिक्षक, फिलिपिन्स)

हामीले राम्रो तयारी गरेका छौंं । हाम्रो लक्ष्य अर्काे चरण पुग्ने रहेको छ । पछिल्लो तीनसाता अघिदेखि हामीले बन्द प्रशिक्षण गरेका छौं । हामी नेपालमा खेल्न र जित्न आएका हौं । एएफएफ च्याम्पियनसिपमा बेहारेको हार हाम्रो लागि पाठ बनेको छ ।
नेपालले सेप्टेम्बर १९ मा फिलिपिन्ससँग खेल्दै छनोटको शुरुवात गर्नेछ । सोही दिन म्यानमार र मलेसियाले प्रतिस्पर्धा गर्नेछ । नेपालले म्यानमारसँग सेप्टेम्बर २१ मा खेल्नेछ । सोही दिन फिलिपिन्स र मलेसियाले खेल्नेछ । छनोटको अन्तिम खेलमा नेपालले मलेसियासंग सेप्टेम्बर २३ मा खेल्नेछ । सोही दिन फिलिपिन्स र म्यानमाबीच खेल हुनेछ ।
हरेक समूहका शीर्ष दुई टोलीले सन् २०१९ मा थाइल्यान्डमा आयोजना हुने एएफसी यु–१६ प्रतियोगितामा स्थान बनाउनेछ । उत्तर कोरिया, दक्षिण कोरिया र जापानले स्थान बनाइसकेका छन् ।
तस्बिरहरु : विवेक सुवेदी/हाम्रो खेलकुद
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]