7 years ago
September 19, 2018
लिभरपुल (एजेन्सी) – च्याम्पियन्स लिग अन्तर्गत समूह चरणको पहिलो खेलमा लिभरपुलले घरेलु मैदानमा फ्रेन्च लिग विजेता पिएसजीलाई ३-२ ले पराजित गर्यो। खेलको अधिकांश समय पछि परेको पिएसजीका लागि किलियन एम्बाप्पेले ८३ औं मिनेटमा बराबरी गोल गरेपनि ब्राजिलियन फरवार्ड रोबर्टो फर्मिनोले इन्जुरी समयमा लिभरपुललाई विजयी गोल दिलाए।
घरेलु मैदानमा भएको खेलमा लिभरपुलले सुरुआती दुई गोल गर्यो। खेलको ३० औं मिनेटमा लिभरपुलका फरवार्ड ड्यानिएल स्टरेजले हेड मार्फत गोलगर्दै घरेलु टोलीलाई अग्रता दिलाए। सिजनको सुरुआतबाट राम्रो फर्ममा रहेका लिभरपुलका फुल ब्याक एन्ड्रु रोबर्ट्सनको क्रसलाई स्टरेजले गोलमा परिणत गरेका थिए। खेलको ३६ औं मिनेटमा पेनाल्टीबाट पाएक अवसरलाई सदुपयोग गर्दै जेम्स मिल्नरले लिभरपुललाई दोस्रो गोल दिलाए। खेलको ४० औं मिनेटमा बक्सबाट उत्कृष्ट गोल गर्दै थोमस म्युनररले पिएसजीलाई पहिलो हाफमै खेलमा फर्काए।
दोस्रो हाफमा लिभरपुलका लागि मोहम्मद सलाहले गोल गरेपनि उनको गोललाई रेफ्रीले अस्विकार गरे। पिएसजीको बक्समा बल जित्ने क्रममा स्टुरेजले गोलकिपर अल्फोन्से अरिओलालाई फौल गरेकाले उक्त गोललाई मान्यता दिईएन। दोस्रो हाफमा फितलो प्रदर्शन गरेपनि पिएसजीलाई एम्बाप्पेले ८३ औं मिनेटमा बराबरी दिलाए। खेलको ८६ औं मिनेटमा लिभरपुलले करिब २२ यार्डबाट फ्रिकिक मार्फत गोल गरे अवसर पाएपनि एलेक्सजान्डर आर्नोल्डको प्रहार बारमा लागेर बाहिरियो। फर्मिनोले इन्जुरी समयमा उत्कृष्ट गोल गर्दै लिभरपुललाई जित दिलाए।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]