7 years ago
September 19, 2018
काठमाडौं (हाम्रो खेलकुद) – पाँच वर्षपछि हुन लागेको शहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको उद्घाटन खेलमा विभागी त्रिभुवन आर्मी क्लब र न्युरोड टिम (एनआरटी) बीच उद्घाटन खेल हुने भएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) अन्तर्गतको लिग कमिटिले बुधबार सार्वजनिक गरेको खेल तालिका अनुसार पहिलो खेलमा आर्मीले एनआरटीसँग खेल्नुपर्ने भएको हो । खेल एन्फा कम्पलेक्स सातदोबाटोमा दिउसो तीन बजेपछि शुरु हुनेछ । लिग कमिटिले ‘ए’ डिभिजन लिगमा सहभागी सबै १४ टिमलाई एक सिडमा राखेर खेल तालिका सार्वजनिक गरेको हो । लिग १३ असोजबाट शुरु हुदैछ ।
लिग कमिटिका संयोजक विज्ञानराज शर्माले बंगबन्धु गोल्डकपमा सहभागिता जनाउने पक्का भए लिगका खेलहरुममा पुर्नविचार गरिने बताएका छन् ।
नेपाली फुटबलमा ‘एल क्लासिको’ मानिने थ्री स्टार क्लब र मनाङ–मस्र्याङ्दीबीचको खेल तेस्रो राउन्डमा हुनेछ । खेल २४ असोजमा एपीएफ मैदान हल्चोकमा हुनेछ ।
दोस्रो दिन दुई खेल हुनेछ । ब्रिगेड ब्वाइजले मनाङ–मस्र्याङ्दी क्लबसँग खेल्नेछ । सोही दिन मछिन्द्र क्लब र च्यासल युथ क्लबले प्रतिस्पर्धा गर्नेछ । तेस्रो दिन ललितपुर डर्बी फ्रेन्डस् कलब कुपन्डोल र थ्री स्टार क्लबबीच खेल हुनेछ । सोही दिन जावलाखेल क्लब र नेपाल पुलिस क्लबबीच खेल हुनेछ ।
१६ असोजमा हिमालयन शेर्पा र एपीएफ क्लब तथा सरस्वती युथ क्लब भर्सेस संकटा युथ क्लबबीच खेल हुने छ ।
रेलिगेसन विनाको लिग ३० पुससम्म चल्नेछ । लिगमा १४ ‘ए’ डिभिजन क्लबकबो सहभागिता छ । राउण्ड रोविन लिगको आधारमा हुने प्रतियोगितामा कुल ९१ खेल हुनेछ । लिगको विजेताले ५० लाख पाउने छ । दोस्रो हुनेले ३५ लाख पाउनेछ । लिग विजेता टोलीले एएफसी एसियन कप फुटबलमा सहभागिता जनाउन पाउनेछन् । 
तेस्रो हुने टोलीले २५ लाख तथा चौथोले १५ लाख रुपैयाँ प्राप्त गर्नेछ । त्यस्तै एन्फाले पाँचौं हुनेलाई ७ लाख र छैटौं हुनेलाई ५ लाख रुपैयाँ पुरस्कार दिने भएको छ । यसबाहेक लिगको अनुशासित टोलीले १ लाख रुपैयाँ पाउनेछ ।
विधागत रुपमा उत्कृष्ट प्रशिक्षक तथा खेलाडी (गोलकिपर, डिफेन्स, मिडफिल्ड र फरवार्ड) ले मोटरसाइकल प्राप्त गर्नेछन् । १४ टोली सम्मिलित प्रतियोगितामा राउण्ड रोबिन लिग प्रणालीमा खेलाइनेछ । यसको मतलब लिगमा कुल ९१ खेल हुनेछन् । प्रत्यक खेलको म्यान अफ द म्याचले १० हजार रुपैयाँ प्राप्त गर्ने पनि एन्फाले जानकारी दिएको छ ।
एन्फाले यसपटक खेल मिलेमतोलाई निरुत्साहित गर्न प्रत्यक खेलको विजेता टोलीलाई पनि पुरस्कार राशीको व्यवस्था गरेको छ । एन्फाको नयाँ प्रावधान अनुसार प्रत्यक खेलको विजेता टोलीले ५० हजार रुपैयाँ पाउनेछन् । यदि खेल बराबरी भएको खण्डमा भने दुवै टोलीले १५(१५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । यसबाहेक एन्फाले लिग तयारी खर्च स्वरुप प्रत्यक क्लबलाई २० लाख रुपैयाँ दिने निर्णय पनि गरेको छ ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]