default_image

7 years ago

September 20, 2018

बार्सिलोना परम्परागत शैलीको जर्सी बदल्ने तरखरमा

113 views

0 Bookmark

एजेन्सी – सन् २०१९/२० सिजनका लागि स्पेनिस क्लब बार्सिलोनाले नयाँ जर्सी लगाउने भएको छ । बार्सिलोनाले नयाँ सिजनमा परम्परागत शैलीभन्दा फरक जर्सीको नमुना तयार पारेको स्पेनिस मिडियाले सार्वजनिक गरेका छन् ।

बार्सिलोनाले पछिल्लो १ सय १८ बर्षे इतिहासमा घरेलु जर्सीको रुपमा नयाँ डिजाइन बदल्न लागेको हो । बार्सिलोना आफ्नो निलो र रातो धर्के जर्सीले प्रसिद्ध छ । अन्तर्राष्ट्रिय मिडियाका अनुसार सन् २०१९ पछि बार्साको इतिहासमा पहिलो पटक जर्सिमा पुर्ण रुपमा एकै रंगको रेखा हुने छैन् । बार्साले क्रोएसियाको राष्ट्रिय टिम जस्तै आफ्नो जर्सीमा पनि वर्गाकार कोठा राख्ने जमर्को गरेको छ । क्लबले घरेलु जर्सीमा चेकर्ड प्याटर्नमा जर्सि प्रयोग गर्न लागेको हो ।

सामाजिक संजालमा केहि स्रोतले सार्वजनिक गरेको जर्सीको नमुना क्लब वा जर्सी निर्माता नाइकले आधिकारिक पुष्टि भने गरेका छैनन् । स्पेनको मिडिया ‘स्पोर्ट’का अनुसार नयाँ डिजाइन अबलम्बन गर्ने नाइकले अनुमति प्राप्त गरिसकेको छ । नाइकसँग जर्सी उत्पादन गर्न छ महिनाको आवश्यक रहने भएकाले हाल बार्सिलोनाले औपचारिक फैसला गर्न समय लिनेछ ।

December 17, 2025

फाइनलअघि एपिएफ र इस्ट बंगाल खेल्दै

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]

December 17, 2025

बोनमाती र डेम्बेलेलाई फिफा ‘द बेस्ट’ अवार्ड

एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]

December 17, 2025

बार्सिलोना कोपा डेल रे को अन्तिम १६ मा

एजेन्सी – बार्सिलोनाले ग्वाडालाजारालाई २-० ले पराजित गर्दै कोपा डेल रे को अन्तिम १६ मा स्थान बनाएको छ। खेलको सुरुवातमा बार्सिलोनाले गोल गर्ने अवसर पाए पनि पहिलो हाफमा गोल गर्न सकेन। ग्वाडालाजाराको रक्षापंक्तिले कडा प्रतिस्पर्धा प्रस्तुत गर्‍यो। दोस्रो हाफमा बार्सिलोना आक्रामक बन्यो। ७६औँ मिनेटमा आन्द्रेयास क्रिस्टेन्सनले हेडरमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाए। ९०औँ मिनेटमा मार्कस […]

Success

Thank you for your time.