default_image

7 years ago

September 21, 2018

युरोपमा लिगमा सेभिल्ला ५-१ ले विजयी

143 views

0 Bookmark

एजेन्सी – यूईएफए युरोपा लिग अन्तर्गत बिहीबार भएको खेलमा स्पेनिस टोली सेभिल्लाले बेल्जियन क्लब स्टान्डर्ड लिएजलाई ५-१ ले पराजित गरेको छ । समूह ‘जे’ अन्तर्गत अर्को खेलमा एफसी क्राजोन्डारले अखिसार्स्पोरलाई १-० ले पराजित गर्यो ।

सेभिल्लाले खेलको आठौँ मिनेटमा एभर बनेगाको गोलमा अग्रता लिएको थियो । यता ३९ औं मिएँत्मा मौस जेनेपोले गोल गर्दै खेल बराबरीमा ल्याए । त्यसको  २ मिनेटमै फ्रान्को भाज्केजले गोल गर्दै खेलमा सेभिल्लालाई अग्रता दिलाए । पहिलो हाफमा अन्य अवसर सिर्जना गरेपनि सेभिल्लाको प्रयासमा विपक्षी गोलरक्षकले राम्रो प्रदर्शन गर्दै बचाउ गरे ।

दोस्रो हाफमा विसाम बेन एडरले सेभिल्लाक लागि थप गोल गरे । उनले ४९ औं र ७० औं मिनेटमा गोल गर्दै टोलीको अग्रता फराकिलो पारे । कप्तान एभर बनेगाले ७४ औं मिनेटमा गोल गर्दै खेल आफ्नो पक्षमा पारे । यस जितसँगै सेभिल्ला यस समूहको शीर्ष स्थानमा पुग्यो । अर्को खेलमा क्राजोन्डारका भिक्टर क्लासेनले २६ औं मिनेटमा गोल गर्दै टोलीको जित पक्का गरे ।

December 17, 2025

फाइनलअघि एपिएफ र इस्ट बंगाल खेल्दै

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]

December 17, 2025

बोनमाती र डेम्बेलेलाई फिफा ‘द बेस्ट’ अवार्ड

एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]

December 17, 2025

बार्सिलोना कोपा डेल रे को अन्तिम १६ मा

एजेन्सी – बार्सिलोनाले ग्वाडालाजारालाई २-० ले पराजित गर्दै कोपा डेल रे को अन्तिम १६ मा स्थान बनाएको छ। खेलको सुरुवातमा बार्सिलोनाले गोल गर्ने अवसर पाए पनि पहिलो हाफमा गोल गर्न सकेन। ग्वाडालाजाराको रक्षापंक्तिले कडा प्रतिस्पर्धा प्रस्तुत गर्‍यो। दोस्रो हाफमा बार्सिलोना आक्रामक बन्यो। ७६औँ मिनेटमा आन्द्रेयास क्रिस्टेन्सनले हेडरमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाए। ९०औँ मिनेटमा मार्कस […]

Success

Thank you for your time.