default_image

7 years ago

September 21, 2018

रोनाल्डोलाई एक खेलमात्र प्रतिबन्ध हुने सम्भावना

121 views

0 Bookmark

एजेन्सी – युरोपेली च्याम्पियन्स लिगअन्तर्गत बुधबार भ्यालेन्सियाविरुद्ध रातो कार्ड पाएका युभेन्ट्स फरवार्ड क्रिस्टियानो रोनाल्डोलाई एक खेल मात्र प्रतिबन्ध हुने सम्भावना बढेको छ । रोनाल्डोले भ्यालेन्सियाका डिफेन्डर जेसन मुरील्लोको कपाल तानेपछि रेफ्रीले उनलाई रातो कार्ड दिएका थिए ।

यद्यपी यूईएफए स्रोतका अनुसार रोनाल्डोलाई न्यूनतम १ खेलको प्रतिबन्ध नै लाग्ने भएको छ । यसअघि उनलाई २ देखि ३ खेल प्रतिबन्ध हुने सम्भावना रहेको थियो । यदि रोनाल्डो ३ खेल प्रतिबन्ध भएको भए म्यानचेस्टर युनाइटेडविरुद्ध अवे मैदानमा अक्टोबर २३ र घरेलु मैदानमा नोभेम्बर ७ मा हुने खेल गुमाउने थिए ।

युरोपेली फुटबलको सर्वोच्च निकाय यूईएफएले रोनाल्डोलाई दिएको रातो कार्डको छानविन थाल्दैछ । रातो कार्ड पाएपछि रोनाल्डो भावुक हुँदै मैदान छाडेका थिए । यदि उनलाई एक खेल प्रतिबन्ध लगाएको खण्डमा उनले योंग ब्वाइजविरुद्धको खे गुमाउने छन् । उनले एक खेलको प्रतिबन्धमाथि भने यूईएफएमा अपिल गर्न पाउने छैनन् । तर दुई वा सो भन्दा बढी खेल प्रतिबन्ध लागेमा उनले अपिल गर्न पाउने प्रावधान छ ।

रोनाल्डोले रातो कार्ड पाएपनि उनले म्यानचेस्टर युनाइटेडविरुद्ध भने खेल्न पाउने अपेक्षा धेरैले गरेका छन् । युनाइटेडका पूर्व मिडफिल्डर ड्यारेन फेल्चारले भने, ‘रातो कार्ड निकै फितलो निर्णय थियो । खेलको नियम पढ्ने हो भने त्यो हर्कत गलत नै हो तर त्यसको लागि एक खेल भन्दा बढी प्रतिबन्ध लगाउनु पर्दैन । उनले युनाइटेडविरुद्ध दुवै खेलमा खेल्ने अपेक्षा गरेको छु ।’

December 17, 2025

फाइनलअघि एपिएफ र इस्ट बंगाल खेल्दै

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]

December 17, 2025

बोनमाती र डेम्बेलेलाई फिफा ‘द बेस्ट’ अवार्ड

एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]

December 17, 2025

बार्सिलोना कोपा डेल रे को अन्तिम १६ मा

एजेन्सी – बार्सिलोनाले ग्वाडालाजारालाई २-० ले पराजित गर्दै कोपा डेल रे को अन्तिम १६ मा स्थान बनाएको छ। खेलको सुरुवातमा बार्सिलोनाले गोल गर्ने अवसर पाए पनि पहिलो हाफमा गोल गर्न सकेन। ग्वाडालाजाराको रक्षापंक्तिले कडा प्रतिस्पर्धा प्रस्तुत गर्‍यो। दोस्रो हाफमा बार्सिलोना आक्रामक बन्यो। ७६औँ मिनेटमा आन्द्रेयास क्रिस्टेन्सनले हेडरमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाए। ९०औँ मिनेटमा मार्कस […]

Success

Thank you for your time.