6 years ago
September 21, 2018
टुरिन (एजेन्सी)- – स्पेनिस महारथी रियल म्याड्रिड छाडेर पोर्चुगिज सुपरस्टार क्रिस्टियानो रोनाल्डो इटालियन क्लब युभेन्टस लाग्दा धेरैले रोनाल्डो इटालीमा चम्कने अपेक्षा राखेका थिए । ३३ वर्षीय रोनाल्डोलाई क्लबमा ल्याउन टुरीन क्लबले १ सय मिलियन युरो खर्चेको थियो । उमेरका हिसाबले रोनाल्डोका लागि उक्त रकम धेरै रहेको चर्चा पनि चल्यो ।
रोनाल्डोले प्रि सिजनको खेलमा युभेन्टसका लागि गोल गर्दै उनले आफ्नो पुरानै लय नयाँ क्लबमा पनि जारी राख्ने छनक दिए । तर लिग सिजन सुरु भएसँगै रोनाल्डोले गोलको लागि कसरत गर्नुपर्यो । लिगको पहिलो खेलमा किएभोविरुद्ध ३-२ को जित निकाल्दा रोनाल्डोले गोल गर्न सकेनन् । पछिल्लो ७ सिजन लिग जितेको युभेलाई जितका लागि अतिरिक्त समयको गोल आवश्यक परेको थियो । त्यसपछि लिगका अन्य दुई खेलमा पनि रोनाल्डो गोल गर्न असमर्थ रहे ।
त्यसपछि टोलीका सबै खेलाडी अन्तर्राष्ट्रिय ब्रेकमा रहे । रोनाल्डोलाई भने पोर्चुगलका प्रशिक्षक फर्नान्डो सान्टोसले आरामको जरुरत भएको भन्दै राष्ट्रिय टोलीमा बोलाएनन् । उनले एक साताको समय खेल बाहिर विश्राम गरेर बिताए । अन्तर्राष्ट्रिय ब्रेक सकिएलगत्तै उनले लिगमा गोलको खाता खोल्न सफल रहे । सासुओलोविरुद्ध २-१ को जितमा दुवै गोल रोनाल्डोले नै गरे । सुरुआती तीन खेलमा रोनाल्डोले गोल गर्न नसकेपनि विपक्षी गोलरक्षकलाई भने अप्ठेरोमा पारिरहे ।
रक्षात्मक हिसाबले इटालियन लिग युरोपको सबैभन्दा कठिन लिगमा गनिन्छ । प्रिमियर लिग र स्पेनिस लिगको तुलनामा यहाँका टोली रक्षात्मक फुटबल खेल्न रुचाउँछन् । त्यसैले पनि इटालियन लिग फरवार्डहरुका लागि उचित गन्तव्य मानिदैन । युरोपका अन्य शीर्ष लिगमा आफुलाई सावित गरिसकेका रोनाल्डो नयाँ चुनौतीको सामना गर्न युभेन्टस आएका थिए । उनले सुरुआती खेलमा इटालियन लिग कति कठिन हुन्छ भन्ने बुझेका छन् ।
हुन त पछिल्लो सिजन स्पेनिस लिगमा उनले गोलका लागि गरेको २८ औं प्रहारबाट पहिलो गोल गरेका थिए । यस सिजन उनले २७ औं प्रहारमा गोलको खाता खोले । इटालियन लिगमा केहि कठिन सुरुआत भएपनि उनले बिस्तारै लय समात्ने अपेक्षा गर्न सकिन्छ । लिगका ठूला टोलीविरुद्ध युभेन्टसले खेल्न बाँकी छ । ठूला खेलमा रोनाल्डोले लामो समयदेखि आफूलाई सिद्ध पार्दै आएका छन् । त्यहि क्रम अझै अगाडी पनि जारी रहने युभे समर्थकहरुले आशा गरेका छन् ।
च्याम्पियन्स लिगमा भने उनको सुरुआत निकै खराब रहयो । च्याम्पियन्स लिगमा सर्वकालीन सफल खेलाडीका रुपमा रहेका रोनाल्डोले डेब्युमा च्याम्पियन्स लिग करिअरकै पहिलो रातो कार्ड खानु पर्यो । कार्ड पाएपछि उनको भावले पनि त्यो कार्ड कति दुखदायी थियो भन्ने प्रष्ट पारेको थियो । रोनाल्डोले अब च्याम्पियन्स लिगमा कम्तिमा १ खेल गुमाउने पक्का छ । उनले त्यसपछि समूह चरणमा म्यानचेस्टर युनाइटेडसँग खेल्न सक्छन् । आफ्नो पूर्वक्लबविरुद्ध रोनाल्डोले कस्तो खेल्छन् त्यो हेर्नलायक हुनेछ ।
नयाँ टोली र नयाँ लिगमा आफूलाई स्थापित गर्न रोनाल्डोले अझै केहि समय कुर्नुपर्ने हुन्छ । सासुओलोविरुद्ध २ गोलले उनलाई धेरै हौसला मिलेको छ । च्याम्पियन्स लिगमा खराब सुरुआत पाएपनि उनले विगतमा पनि आफ्नो शैली देखाउँदै लगातार सर्वाधिक गोलकर्ताको उपाधि जितेका छन् । च्याम्पियन रोनाल्डोले फेरी एकपटक विश्व फुटबललाई आफ्नो परिचय दिनुपर्ने बेला आएको छ । उनी त्यसमा खरो उत्रन्छन् वा उत्रन्नन् त्यो समयले बताउने नै छ ।
December 15, 2024
हिमाल खरेल,बिर्तामोड फिनिसिङमा तालमेल नमिल्दा आयोजक झापा–११ एफसी बिर्तामोडमा जारी झापा कपको पहिलो चरणबाटै बाहिरिएको छ । स्टार खेलाडीले भरिएको झापा–११ ले खेल अवधिभर सशक्त आक्रमण गर्न सकेन । डोमालाल राजवंशी रंगशालामा जारी प्रतियोगिताको दोस्रो दिनको आइतवार आयोजक झापा ११ फुटबल क्लबलाई २-० ले पराजित गर्दै राष्ट्रिय जागृति क्लब इटहरी क्वार्टर फाइनलमा प्रवेश गरेको छ […]
December 15, 2024
एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बार्यन म्युनिखले शनिवार सिजनको पहिलो हार बेहोरेको छ। भिन्सेन्ट कम्पोनीको टोली बार्यन माइन्जसँग २-१ ले पराजित भएको हो। माइन्जका लागि दुवै गोल दक्षिण कोरियाली फरर्वाड लि जे सुङले गरे । बार्यनका लेरोय सानेले गोल गरे। रक्षापंक्तिको कमजोरीको फाइदा उठाउँदै सुङले ४१ औं मिनेटमा पहिलो गोल गरे । ६० औं मिनेटमा […]
December 15, 2024
एजेन्सी – इंग्लिस प्रिमियर लिगमा शनिवार शीर्षस्थानको लिभरपुल र तेस्रो स्थानको आर्सनलले अलग अलग खेलमा बराबरी खेलका छन् । खेलको अन्त्य तिर गोल फर्काउँदै लिभरपुल फुलह्यामसँग हारबाट जोगिएको हो । आर्सनलले एभर्टनसँग गोलरहित बराबरी खेलेको छ। १० खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको लिभरपुल दुई पटक खेलमा पछि परेर पनि बराबरी गर्न सफल रह्यो। लिभरपुलका […]