default_image

7 years ago

September 21, 2018

रेड कार्ड नपाएका ४ खेलाडी

112 views

0 Bookmark

एजेन्सी – फुटबल खेलाडीको करिअरमा अनुशासन निकै महत्त्वपूर्ण पाटो हो । फुटबल मैदान भित्र होस् या बाहिर, खेलाडीको अनुशासनले नै उसको परिचय दिन्छ । कहिलेकाहिँ खेलाडीको खराब व्यवहारले खेलकै अस्मितामा प्रश्नचिन्ह उठाउने ठाउँ खडा हुन्छ ।

खेलाडी अनुशासनबाट बाहिर जाँदा रेफ्रीले कहिले पहेंलो त कहिले रातो कार्ड दिंदै खेलाडीलाई कारवाही गर्छन । आधुनिक फुटबलमा लुइस सुआरेज, सर्जियो रामोस लगायतका खेलाडी मैदान भित्र केहि खराब व्यवहारका कारण चर्चामा आएका छन् । यसले उनीहरु मैदान भित्र प्रतिभाशाली खेलाडी भएपनि समर्थकमाझ भने आलोचनाका पात्र बन्दै आएका छन् । फुटबल खेलाडीको करिअरमा अनुशासनले पनि ठूलो भूमिका खेल्छ ।

केहि खेलाडी यस्ता पनि छन् जसले मैदानभित्र देखाएको व्यवहारले दर्शकसमक्ष छुट्टै परिचय बनाउन सफल भएका छन् । अनुशासनलाई खेलकै एक पाटो मानेर त्यसलाई अनुसरण गर्ने केहि खेलाडी छन् । वर्षौंदेखि फुटबल खेल्दै आएपनि रातो कार्ड नपाएका ४ खेलाडी यसप्रकार छन् :

४. जोआओ मोउटिन्हो

पोर्चुगललाई युरो २०१६ जिताउन महत्त्वपूर्ण भूमिका खेलेका मोउटिन्होले आफ्नो करिअरमा एक दशक भन्दा बढी युरोपको ठूला टोलीबाट खेलेका छन् । एएस मोनाको, सपोर्टिङ लगायत क्लबबाट उनले लिग उपाधि पनि जितेका छन् । हालसम्म मिडफिल्डरको भूमिका निर्वाह गर्दै आएका उनले ४७ पहेंलो कार्ड पाएका छन् ।

३. करीम बेन्जेमा

रियल म्याड्रिडको लागि मात्र ४ सय भन्दा बढी खेल खेलिर्सकेका बेन्जेमा मैदानभित्र विवादमा कमै आउने खेलाडी हुन् । हालसम्म रातो कार्ड नपाएका बेन्जेमाले जम्मा ८ पहेंलो कार्ड पाएका छन् । फ्रान्सेली फरवार्डलाई बेलाबेलामा मैदान बाहिरको समस्याल पिरोलेपनि मैदानभित्र भने उनले अनुशासन देखाएका छन् ।

२. राउल

raul real

स्पेनका सर्वकालीन महान खेलाडीको छवि बनाएका राउल एक सफल कप्तान पनि हुन् । उनले रियल म्याड्रिडमा लामो समय आफ्नो करिअर व्यतित गरे । १७ वर्षे करिअरमा उनले कुनै खेलमा पनि रातो कार्ड पाएनन् । उनको शालीन स्वभावले उनलाई पछिल्लो दशकको उत्कृष्ट खेलाडीमध्ये एकका रुपमा स्थापित गर्न पनि सहयोग पुर्यायो ।

१. आन्द्रेस इनिएस्टा

बार्सिलोनाबाट झन्डै दुई दशक फुटबल खेलेका इनिएस्टाले ४ च्याम्पियन्स लिगसहित झन्डै ३ दर्जन उपाधि जितेका छन् । उनले यस क्रममा झन्डै ७ सय ५० खेल पनि खेले । तर यस दौरान उनले कहिल्यै रातो कार्डको सामना गर्नु परेन । उनको खेल्ने शैली जस्तै व्यक्तित्व पनि उत्तिकै सरल रहेको छ ।

December 17, 2025

फाइनलअघि एपिएफ र इस्ट बंगाल खेल्दै

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]

December 17, 2025

बोनमाती र डेम्बेलेलाई फिफा ‘द बेस्ट’ अवार्ड

एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]

December 17, 2025

बार्सिलोना कोपा डेल रे को अन्तिम १६ मा

एजेन्सी – बार्सिलोनाले ग्वाडालाजारालाई २-० ले पराजित गर्दै कोपा डेल रे को अन्तिम १६ मा स्थान बनाएको छ। खेलको सुरुवातमा बार्सिलोनाले गोल गर्ने अवसर पाए पनि पहिलो हाफमा गोल गर्न सकेन। ग्वाडालाजाराको रक्षापंक्तिले कडा प्रतिस्पर्धा प्रस्तुत गर्‍यो। दोस्रो हाफमा बार्सिलोना आक्रामक बन्यो। ७६औँ मिनेटमा आन्द्रेयास क्रिस्टेन्सनले हेडरमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाए। ९०औँ मिनेटमा मार्कस […]

Success

Thank you for your time.