7 years ago
September 21, 2018
काठमाडौं (हाम्रो खेलकुद)– क्लबका केहि पदाधिकारीको अपमान सहन नसकेर लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी क्लबसँगको लामो यात्राको अन्त्य गर्नुपरेको पूर्व कप्तान अनिल गुरुङले खुलासा गरेका छन् । पटक पटक गरि झन्डै एक दशकको लामो सहकार्य बुधबारबाट औपचारिक रुपमा अन्त्य गरेका अनिल बिहीबार अर्को चर्चित क्लब रुस्लान थ्री स्टार क्लबमा आबद्ध भएका थिए । थ्री स्टारमा उनी १३ वर्षपछि फर्केका हुन् ।

सन् २०१० मा दोस्रो पटक मनाङमा आबद्ध भएपनि खेल जीवनको अन्त्य त्यहि क्लबबाट गर्ने घोषणा गरेका थिए । तर, पछिल्लो समय क्लबका सिमित पदाधिकारीले गरेको अपमानका कारण त्यहाँ बस्नु ठिक नलागेको बताएका छन् । ‘म सानै देखि मनाङको समर्थक रहेको थिएँ । पछि त्यहि क्लबमा खेल्नु मेरो लागि सपना पुरा भए बराबर हो,’ उनले भने, ‘मैले त्यहाँ रहँदा सबै उपाधि जितेपछि खुसी पनि लागेको छ । तर , पछिल्लो समय केहि पदाधिकारीले गरेको व्यवहार र अपमानका कारण त्यहाँ बस्नु उचित लागेन ।’
उनले आफु कप्तान रहँदैको अवस्थामा क्लबका महासचिव मुखिया लामा र अखिल नेपाल फुटबल संघ (एन्फा) का केन्द्रिय सदस्य रहेका विजय घलेको व्यवहार निकै दुःख लाग्दो रहेको समेत बताएका छन् । ‘खेल र खेलाडीका बारेमा छलफल गर्दा मलाई नराखेकोले म त छक्क परे, उनले स्मरण गरे, ‘कप्तान भएको नाताले मसँग छलफल हुुनुपर्ने भन्दा मलाई झन्डै हात हाल्ने सम्मको अवस्था बन्यो । जसले मैले आसु थाम्न सकिन ।’ उनले गत वर्ष चितवनमा भएको प्रतियोगितामा खेलेयता मनाङबाट खेलेका छैनन् ।’

आफूमाथि भएको अपमानलाई क्लबका अर्को खेलाडी सुजल श्रेष्ठलगायत अन्यले प्रतिवाद गरेको र सबैले आफुलाई सहयोग गरेको स्मरण गर्दै अनिलले भने, ‘पछि उनीहरुले (पदाधिकारी) पनि मसँग माफी मागे । म यति लामो समय फुटबल खेलेको एउटा सिनियर खेलाडीलाई त त्यो व्यवाहार हुन्छ भने अरुलाई के होला । यस्तो अपमानमा बस्न सकिन्न , बस्नु हुन्न भन्ने निर्णयमा पुगें ।’
उनले दोस्रो पटक थ्री स्टारसँग जोडिन पाएको खुसी व्यक्त गरे । ‘थ्री स्टारको सम्मान प्रति आभार व्यक्त गर्दछु । मलाई थ्री स्टारले पहिला देखि नै प्रस्ताव गरेको थियो । तर म त्यति बेला आउन सकिन,’ उनले भने, ‘अहिले पनि मलाई क्लबले बोलायो । मलाई साह्रै खुसी लागेको छ । म आफ्नो तर्फबाट क्लबलाई सफल बनाउन प्रयास गर्नेछु ।’
पहिला देखिनै आफुलाई समर्थन गर्दै आएका समर्थकलाई अझै साथ दिन हुन आग्रह समेत गरेका छन् । म आउने दिनमा पनि तपाईहरुका बीचमा हुने छु । जति सक्छु यहि खेल्नु र सम्भवतः यहिबाट आफ्नो खेल जीवनको अन्त्य गर्नेछु । उनले सक्रिय खेल जीवनपछि फुटबल व्यवस्थापनमा जाने योजना सुनाए । ‘अहिले यहि भन्न त सक्दिन । तर फुटबलबाट टाढा हुन्न,’ उनले अन्त्यमा भने, ‘मलाई व्यवस्थापनमा केहि अनुभव पनि छ । सायद त्यसैलाई अघि बढाउने प्रयास गर्नेछु ।’
भिडियो हेर्नुहोस् :
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]
December 17, 2025
एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]
December 17, 2025
एजेन्सी – बार्सिलोनाले ग्वाडालाजारालाई २-० ले पराजित गर्दै कोपा डेल रे को अन्तिम १६ मा स्थान बनाएको छ। खेलको सुरुवातमा बार्सिलोनाले गोल गर्ने अवसर पाए पनि पहिलो हाफमा गोल गर्न सकेन। ग्वाडालाजाराको रक्षापंक्तिले कडा प्रतिस्पर्धा प्रस्तुत गर्यो। दोस्रो हाफमा बार्सिलोना आक्रामक बन्यो। ७६औँ मिनेटमा आन्द्रेयास क्रिस्टेन्सनले हेडरमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाए। ९०औँ मिनेटमा मार्कस […]