7 years ago
September 22, 2018
काठमाडौं (हाम्रो खेलकुद)– सहिद स्मारक ए डिभिजन लिग आयोजनासँगै अब नेपाली फुटबल गतिविधिले लिनेमा लिग समितिका संयोजक विज्ञानराज शर्मा आशावादी देखिएका छन् ।
लिग समितिले जिल्ला देखि, प्रदेश, सहिद स्मारक ए,बी,सी र राष्ट्रिय लिगसम्मको सञ्चालनको जिम्मेवारी लिने भएकाले तल्लो स्तरबाट फुटबलले गति लिनेमा आशावादी देखिएका शर्माले एक्सन स्पोर्टस्को फेयर प्लेमा कुराकानी गर्दै भनेका छन्, ‘यसले अब फुटबलको मौहल सृजना हुने विश्वास लिएका छौं । बढी भन्दा बढी फुटबलमा संलग्न बनाउने हाम्रो उद्देश्य हो ।’
रेलिगेसन विनाको लिग नगर्नेमा आफुले सुरुमा अडान लिएको स्मरण गर्दै भने, ‘तर फिफाको पनि अहिले फुटबल गतिविधि सुरु गर्नु बढी महत्वपूर्ण भएकाले विना रेलिगेसनकै गरेर अघि बढ भन्ने रह्यो । क्लबहरु पनि खेलाडीका कारण तयार भएनन् । मेरो अडानले लिग रोकिने सम्भावना देखिएपछि त्यसमा हामीले सम्झौता गर्यौ । तर यो पहिलो र अन्तिम हुनेछ ।’
नेपाल प्रहरीका पूर्व एआईजी समेत रहेका शर्माले लिग गराउने अवस्थामा क्लबहरुलाई पुर्याउन निकै मेहनत गर्नुपरेको स्मरण गरे । खेल्दिन पनि नभन्ने । ‘सकेसम्म लिग नहोस् भन्ने खालको मनसाय बुझिन्थ्यो,’ उनले भने, ‘अनि फुटबलको कुरा आउँदा एन्फालाई दोष लाउने परम्परा नै बनेको थियो । तर, त्यसबाट अब खेल्ने अवस्थामा आइपुगेका छन् । यो सुखद पक्ष हो ।’
एन्फाको आयोजनामा असोज १३ गते देखि १४ ए डिभिजन क्लबको सहभागितामा लिग सुरु हुनेछ । एन्फाले पहिलो पटक लिगका लागि एन्फा कार्यसमिति भन्दा बाहिरबाट संयोजक तोेकेको छ । लिग सञ्चालका दौरान सुरक्षालगायत म्याच फिक्सिङ रोक्नका लागि संयन्त्र परिचालन हुने शर्माले जानकारी गराए ।
उनले भने,’विगतमा भन्दा यसपटक साच्चै फरक हुनेछ । शंका लागेमा खेलाडीलाई अनुसन्धान गरिनेछ । अनुसन्धान टोलीले आफ्नो काम गर्छ । हरेक मान्छेमाथि नगरानी हुनेछ । ‘ झन्डै ५ महिना अघि निर्वाचित एन्फाको कार्यसमिति अहिले सम्मको काम हेर्दा सहि दिशमा अघि बढे आफुले महसुस गरेको शर्माले बताए ।
‘अहिले सम्मको काम गर्ने तरिका लागि हेर्दा सन्तोषजनक छ,’ उनले भने, तर यो गतिले पुग्दैन । केहि विवाद पनि देखिएका छन् । त्यसलाई मिलाएर अघि जानु पर्दछ । व्यक्तिगत स्वार्थभन्दा माथि उठ्नुपर्दछ ।’ शर्माले आफु बाँकी जीवन फुटबलमै लाग्ने प्रतिबद्धता जनाउँदै अवसर आउँदा एन्फालाई नेतृत्व दिन पनि तयार हुने बताएका छन् ।
शर्मासँगको अन्र्तवार्ता एक्सन स्पोर्टसको फेयर प्लेमा शनिबार दिउँसो ३ः३० बजे र पुनः प्रसारण साँझ ८ः०० बजे हुनेछ ।
https://www.facebook.com/actionsportsnepal/videos/1055757887926455/
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]
December 17, 2025
एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]
December 17, 2025
एजेन्सी – बार्सिलोनाले ग्वाडालाजारालाई २-० ले पराजित गर्दै कोपा डेल रे को अन्तिम १६ मा स्थान बनाएको छ। खेलको सुरुवातमा बार्सिलोनाले गोल गर्ने अवसर पाए पनि पहिलो हाफमा गोल गर्न सकेन। ग्वाडालाजाराको रक्षापंक्तिले कडा प्रतिस्पर्धा प्रस्तुत गर्यो। दोस्रो हाफमा बार्सिलोना आक्रामक बन्यो। ७६औँ मिनेटमा आन्द्रेयास क्रिस्टेन्सनले हेडरमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाए। ९०औँ मिनेटमा मार्कस […]