default_image

7 years ago

September 22, 2018

‘मेस्सी, रोनाल्डो र हाजार्डको स्थान समान’

98 views

0 Bookmark

लन्डन (एजेन्सी)–चेल्सीका फरवार्ड इडेन हाजार्ड बार्सिलोनाका कप्तान तथा अर्जेन्टिनाका स्टार खेलाडी लियोन मेस्सी र युभेन्ट्सका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोसँगै समान तहमा रहेको उनका सहकर्मी पेड्रो रोड्रिगेजले बताएका छन् ।

पेड्रोले बार्सिलोनामा रहँदा मेसीसँग रहेर लामो समय खेलेका थिए । मेसीले पछिल्लो दशक कीर्तिमानको क्रमलाई निरन्तरता दिँदा पेड्रोको भूमिका पनि महत्त्वपूर्ण रहेको थियो । पेड्रोले भने, ‘हाजार्ड विश्वका शीर्ष चार खेलाडी मध्ये एक हुन् । जब तपाई लियोनल मेस्सी, क्रिस्टियानो रोनाल्डो, नेयमार र इडेन हाजार्ड देख्नु हुन्छ त उनी विश्वका शीर्ष चार फुटबलर मध्येका एक हुन् ।’

स्पेनिस राष्ट्रिय टोलीका सदस्य रहेका पेड्रोले थपे, ‘बेल्जियम सुपरस्टार खेलाडी हाजार्डसँग भविष्यमा बेलोन डि ओर उपाधि जित्न सक्ने क्षमता छ । यस सिजन उनको लय चेल्सीका लागि एक महान संकेत हो र हाजार्ड हाम्रा लागि एक धेरै महत्वपुर्ण खेलाडी समेत हुन् ।’

इंग्लिस प्रिमियर लिगमा चेल्सीका लागि यस सिजन हाजार्डले पाँच खेलमा पाँच गोल समेत गरिसकेका छन् । उनले यस सिजनको सुरुवाती पाँच खेलमा चेल्सीलाई जिताउन महत्वपुर्ण भुमिका खेलेका छन् । यस सिजनको च्याम्पियन्स लिगमा चेल्सीले सहभागीता जनाएको छैन । चेल्सी खेलाडीले आफ्नो प्रदर्शन यस सिजजन आफ्नो घरेलु प्रतियोगितामा देखाउने छन् । जहाँ उनीहरु घरेलु उपाधिका लागि लड्ने छन् ।

December 17, 2025

फाइनलअघि एपिएफ र इस्ट बंगाल खेल्दै

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]

December 17, 2025

बोनमाती र डेम्बेलेलाई फिफा ‘द बेस्ट’ अवार्ड

एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]

December 17, 2025

बार्सिलोना कोपा डेल रे को अन्तिम १६ मा

एजेन्सी – बार्सिलोनाले ग्वाडालाजारालाई २-० ले पराजित गर्दै कोपा डेल रे को अन्तिम १६ मा स्थान बनाएको छ। खेलको सुरुवातमा बार्सिलोनाले गोल गर्ने अवसर पाए पनि पहिलो हाफमा गोल गर्न सकेन। ग्वाडालाजाराको रक्षापंक्तिले कडा प्रतिस्पर्धा प्रस्तुत गर्‍यो। दोस्रो हाफमा बार्सिलोना आक्रामक बन्यो। ७६औँ मिनेटमा आन्द्रेयास क्रिस्टेन्सनले हेडरमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाए। ९०औँ मिनेटमा मार्कस […]

Success

Thank you for your time.