7 years ago
September 22, 2018
म्यानचेस्टर (एजेन्सी) – इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका पूर्व प्रशिक्षक सर एलेक्स फर्गुसन गत मे महिनामा टाउकोको शल्यक्रिया गरेपछि पहिलो पटक युनाइटेडको घरेलु मैदान ओल्ड ट्राफर्ड फर्केका छन् ।

शनिबार प्रिमियर लिग अन्तर्गत वल्भरह्याम्पटन वान्डरर्सविरुद्धको खेल हेर्न फर्गुसन मैदान पुगेका हुन् । ७६ वर्षीय फर्गुसनलाई विशेष कक्षमा खेल हेर्न जाने क्रममा समर्थकहरुले ताली बजाउँदै स्वागत गरेका थिए । ‘ यो निकै लामो यात्रा रहयो,’ शनिबारको खेल अघि उनले भने, ‘ मेरो स्वास्थ्यमा क्रमिक सुधार आएको छ । चिकित्सकको सल्लाहअनुसार सबै कार्य अगाडी बढेको छ ।’
मैदानमा उपस्थित समर्थकहरुले खेलको २७ औं मिनेटमा फर्गुसनले क्लबमा व्यतित गरेका २७ वर्षको सम्मान गर्दै ताली बजाउँदै विशेष क्षण बनाएका थिए । फर्गुसन ५ मेमा ब्रेन हेमोर्हेज भएपछि शल्यक्रिया गरेर केहि दिन आईसीयूमै रहेका थिए । उनी पछिल्लो पटक २९ अप्रिलमा ओल्ड ट्राफर्ड आएका थिए । त्यसै खेलमा फर्गुसनले आर्सनल प्रशिक्षक आर्सेन वेंगरलाई विशेष सम्मान पनि दिएका थिए ।
फर्गुसनले म्यानचेस्टर युनाइटेडको आधिकारिक टेलिभिजनसँग बोल्दै मैदानमा फर्कन पाउँदा निकै खुसी रहेको बताए । ‘मैदानम फर्कन निकै उत्साहित छु र नर्भस पनि । पछिल्लोपटक आर्सनलसँगको खेल धेरै समय अगाडी थियो । लामो समयपछि मैदान फर्कन पाउँदा अर्कै अनुभूति भइरहेको छ,’ उनले भने, ‘खेल सुरु हुने क्षण केहि भावुक हुन्छु होला । आशा छ नतिजा हाम्रो पक्षमा नै आउनेछ ।’

December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]
December 17, 2025
एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]
December 17, 2025
एजेन्सी – बार्सिलोनाले ग्वाडालाजारालाई २-० ले पराजित गर्दै कोपा डेल रे को अन्तिम १६ मा स्थान बनाएको छ। खेलको सुरुवातमा बार्सिलोनाले गोल गर्ने अवसर पाए पनि पहिलो हाफमा गोल गर्न सकेन। ग्वाडालाजाराको रक्षापंक्तिले कडा प्रतिस्पर्धा प्रस्तुत गर्यो। दोस्रो हाफमा बार्सिलोना आक्रामक बन्यो। ७६औँ मिनेटमा आन्द्रेयास क्रिस्टेन्सनले हेडरमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाए। ९०औँ मिनेटमा मार्कस […]