7 years ago
September 22, 2018
लन्डन (एजेन्सी) – लिभरपुल इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । प्रिमियर लिग अन्तर्गत शनिबार राति भएको खेलमा साउथह्याम्पटनलाई ३–० को गोलअन्तरले पराजित गर्दै लिगको शीर्षस्थानमा उक्लिएको हो ।
प्रिमियर लिगमा प्रतिशत जित निकालेको लिभरपुलको ६ खेलबाट १८ अंक पुगेको छ । उसले समान खेल खेलेको साविकको विजेता म्यानचेस्टर सिटीलाई २ अंकले तथा एक खेल कम खेलेको चेल्सीलाई ३ अंकले पछि पारेको हो ।
लिभरपुलको जितमा जोएल मटिप र मोहम्मद सलाहले गोल गरे । एक गोल आत्मघाती उपहार पाएको थियो । सबै तीन गोल पहिलो हाफमा सम्भव भएको थियो । खेलको १०औं मिनेटमा नै वेस्ले होइडको आत्मघाती गोलबाट अघि बढेको लिभरपुलले २१औं मिनेटमा अग्रता दोब्बर पारेको थियो ।
ट्रेन्ट एलेक्सन्डर अर्नाेल्डको पासमा जोएल मटिपले गोल गर्न सफल भएको थियो । ४५औं मिनेटमा मोहम्मद सलाहले गोल गरेपछि लिभरपुल पहिला हाफमै ३–० ले अघि बढेको थियो ।
त्यसपछि दुवै टोलीले गोलका केही अवसरहरु सिर्जना गरेपनि गोल गर्न नसक्दा पहिलो हाफको तीन गोल नै लिभरपुलको जितमा पर्याप्त बन्या्े ।
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]
December 17, 2025
एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]
December 17, 2025
एजेन्सी – बार्सिलोनाले ग्वाडालाजारालाई २-० ले पराजित गर्दै कोपा डेल रे को अन्तिम १६ मा स्थान बनाएको छ। खेलको सुरुवातमा बार्सिलोनाले गोल गर्ने अवसर पाए पनि पहिलो हाफमा गोल गर्न सकेन। ग्वाडालाजाराको रक्षापंक्तिले कडा प्रतिस्पर्धा प्रस्तुत गर्यो। दोस्रो हाफमा बार्सिलोना आक्रामक बन्यो। ७६औँ मिनेटमा आन्द्रेयास क्रिस्टेन्सनले हेडरमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाए। ९०औँ मिनेटमा मार्कस […]