default_image

7 years ago

September 25, 2018

बंगबन्धुमा यसपटकको चुनौती कठिन – प्रशिक्षक महर्जन

140 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– अर्को साता बंगलादेशमा सुरु हुने बंगबन्धु गोल्ड कपमा अघिल्लो संस्करणमा भन्दा यसपटक चुनौति कठिन रहेको नेपाली राष्ट्रिय फुटबल टोलीका कार्यवहाक प्रशिक्षक बालगोपाल महर्जनले बताएका छन् ।

‘अघिल्लो संस्करणमा भन्दा यसपटक स्तरीय टोली छन् । त्यसले पनि चुनौति त छ । फिफा वरियतामा पनि माथि भएका टोली छन्,’ बंगबन्धुका लागि प्रशिक्षण सुरु भएको पहिलो दिन मंगलबार प्रशिक्षक महर्जनले भने,‘ तर, विपक्षीमा जुन टोली भएपनि हामीले आफ्नो ठाँउबाट सक्दो प्रयास गर्ने हो । एक एक कदम चाल्दै अघि बढ्ने हो ।’

साविक विजेताका हैसियामा बंगलादेश पुग्दा राम्रो नतिजाका लागि टोलीमाथि दबाब पर्नु स्वभाविक भएको उल्लेख गर्दै महर्जनले भने,‘ यसअघिको विजेता भएपछि स्वभाविक रुपमा अपेक्षा पनि त्यहि अनुसार हुन्छ नै । सजिलो पक्कै छैन । हाम्रो लक्ष्य समूह चरणका दुई खेलमा अंक नगुमाई अघि बढ्ने हुनेछ ।’

समूह एमा रहेको नेपालले प्यालेस्टानइन र ताजकिस्तानसँग प्रतिस्पर्धा गर्नुपर्नेछ । अर्को समूहमा फिलिपिन्स, आयोजक बंगलादेश र लाओस छन् । बंगबन्धुमा भाग लिने निर्णय ढिला भएकाले तयारी छोटो हुने भएपनि त्यसले खासै असर नगर्ने महर्जनको भनाई थियो ।

‘साफ च्याम्पियनसिपबाट फर्केपछि सबैले आ आफ्नो क्लबमा अभ्यास गरेका छन्,’ उनले भने,‘ आजबाट बल्ल प्रशिक्षण सुरु गरेका छौं । हेर्दा छोटो सयम लाग्छ । तर हामीले एसियाली खेलकुद र साफ च्याम्पियनसिपका लागि लामो समयदेखि तयारी गरिरहेका छौं ।’ बंगबन्धु गोल्ड कप असोज १५ गतेबाट सुरु हुनेछ ।

सोमबार २० सदस्यीय टोली घोषणा गर्दा अनुभवी दुई खेलाडी गोलकिपर किरण चेम्जोङ र मिडफिल्डर रोहित चन्दलाई भने समावेश गरिएको छैन । व्यावसायिक खेलका लागि किरण माल्दिभ्स र रोहित इन्डोनेसिया गएपछि उनीको ठाँउमा महर्जनले गोलकिपर विशाल श्रेष्ठ र रक्षक तेज तामाङलाई समावेश गरेका छन् ।

किरण र रोहित टोलीका महत्वपूर्ण सदस्य भएको उल्लेख गर्दै महर्जनले भेन,‘ उनीहरु टोलीका लागि आवश्यक खेलाडी हुन् । तर, अहिले समेटिएका खेलाडी पनि प्रतिभावान हुन् । त्यसले खासै फरक पर्दैन । ’

https://www.facebook.com/Hamrokhelkud/videos/2099548177002117/

December 7, 2025

लिभरपुललाई लिड्सले रोक्यो

एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]

December 7, 2025

बार्सिलोनाको जितमा टोरेसको ह्याट्रिक

एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]

December 7, 2025

मेस्सीसम्मिलित इन्टर मियामीलाई एमएलएस कप

एजेन्सी – इन्टर मियामीले शनिवार भ्यानकुवर ह्वाइटक्याप्सलाई ३–१ ले हराउँदै पहिलो एमएलएस कप जितेको छ। खेलमा लियोनेल मेस्सीले दुई असिस्ट दिए। खेलको सुरुआतमै मियामीले अग्रता लियो। आठौं मिनेटमा टाडेओ आलेन्देको पास रोक्न खोज्दा भ्यानकुवरका डिफेन्डर एडियर ओक्याम्पोबाट आत्मघाति गोल भयो। त्यसपछि भ्यानकुवरले दबाब बनाउँदै ६० औं अली अहमेदमार्फत बराबरी गोल गर्‍यो। मियामीका गोलरक्षक रोको रिओस […]

Success

Thank you for your time.