default_image

7 years ago

September 29, 2018

‘आर्मीलाई लिग जिताएर इतिहास रच्ने लक्ष्य’ – आर्मी प्रशिक्षक नवीन न्यौपाने

152 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबले शनिबार हुने सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल २०७५ को उद्घाटन खेलमा न्यूरोड टिम (एनआरटी) को सामना गर्दैछ । खेल दिनको तीन बजे सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा हुनेछ ।

खेलको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा आर्मीका प्रशिक्षक नवीन न्यौपानेले टोलीले उपाधि जित्ने लक्ष्यसहित तयारी गरिरहेको बताए । ‘ मैले आफ्नो खेलाडी करिअरमा ४ पटक लिग उपाधि जितें । अब प्रशिक्षकका रुपमा सो उपाधि जित्न चाहन्छु । विभागीय टोली भएकाले प्रशिक्षणका लागि हामीलाई समस्या छैन । लामो समयदेखि आफ्नो मैदानमा नियमित प्रशिक्षणमा छौं । टोलीको स्तर पनि सुधारिएको छ,’ उनले भने ।

आर्मीले पछिल्लो पटक मेघराज केसीको प्रशिक्षकत्वमा रहेर राष्ट्रिय लिगमा दोस्रो स्थान हासिल गरेको थियो । नवीन आर्मीलाई लिग जिताउने पहिलो प्रशिक्षक बन्न चाहन्छन् । ‘हाम्रो लक्ष्य भनेको आर्मीलाई च्याम्पियन बनाउनु हो । अहिलेसम्म सो लक्ष्य हासिल गर्न नसकेको आर्मी यसपटक च्याम्पियन बन्ने सुरमा छ । टोली पनि विगतको तुलनामा राम्रो छ । हामी शारीरिक रुपमा मात्र नभएर रणनीतिक रुपमा पनि अब्बल छौं,’ उनले भने ।

विदेशी खेलाडीको हकमा विभागीय टोलीलाई बेफाइदा हुने गरेको पनि उनले स्वीकारे । ‘अन्य क्लबहरुले विदेशी खेलाडी अनुबन्धन गर्दै आएका छन् । लिगमा हामीभन्दा अरुलाई सहज हुने पनि यहि कारण हो । शारीरिक रुपमा विदेशी खेलाडी नेपालीभन्दा बलिया हुन्छन् त्यसैले पनि विभागीयलाई केहि असहज हुन्छ,’ उनले बताए ।

यता एनआरटीका प्रशिक्षक महेश्वेर मुल्मीले भने तयारी राम्रो नरहेको बताए । ‘हामीले जम्मा ५ दिन पोस्ट भएको मैदानमा प्रशिक्षण गरेका छौं । बी डिभिजन खेलेको टोलीबाट धेरै परिवर्तन गरेका छौं तर तयारी नराम्रो हुँदा नतिजाबारे अहिले सोच्न सकिन्न । लिगमा हामीले शीर्ष ८ मा पर्ने लक्ष्य राखेका छौं,’ मुल्मीले भने ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.