default_image

6 years ago

October 7, 2018

बार्सिलोना र भ्यालेन्सिया भिड्ने

एजेन्सी – स्पेनिस ला लिगाअन्तर्गत आइतबार बार्सिलोनाले भ्यालेन्सियाको सामना गर्दैछ । भ्यालेन्सियाको घरेलु मैदान मेस्टालामा हुने खेलका लागि दुवै क्लबले आफ्नो तयारी अन्तिम चरणमा पुर्याएका छन् । बार्सिलोनाले फरवार्ड लुइस सुआरेजलाई घुँडाको चोटका बाबजुद भ्यालेन्सियाविरुद्ध खेल्ने १८ सदस्यीय टोलीमा समावेश गरेको छ । चोटका कारण उरुग्वेविरुद्ध मैत्रीपूर्ण खेल नखेल्ने भएका उनले बेन्चमा रहने सम्भावना बढेको […]

24 views

0 Bookmark

एजेन्सी – स्पेनिस ला लिगाअन्तर्गत आइतबार बार्सिलोनाले भ्यालेन्सियाको सामना गर्दैछ । भ्यालेन्सियाको घरेलु मैदान मेस्टालामा हुने खेलका लागि दुवै क्लबले आफ्नो तयारी अन्तिम चरणमा पुर्याएका छन् ।

बार्सिलोनाले फरवार्ड लुइस सुआरेजलाई घुँडाको चोटका बाबजुद भ्यालेन्सियाविरुद्ध खेल्ने १८ सदस्यीय टोलीमा समावेश गरेको छ । चोटका कारण उरुग्वेविरुद्ध मैत्रीपूर्ण खेल नखेल्ने भएका उनले बेन्चमा रहने सम्भावना बढेको छ । डिफेन्डरद्वय स्यामुएल उम्टिटी र सर्जी रोबर्टो भने चोटका कारण टोलीसँग छैनन् । क्लेमेन्ट लेङलेटले नै जेरार्ड पिकेसँग टोलीको डिफेन्स सम्हाल्नेछन् ।

यता भ्यालेन्सिया पनि मुख्य डिफेन्डर एजेकेल गराएको चोट ठिक हुने अपेक्षामा छ । पूर्व रियल डिफेन्डर फिर भएमा ग्याब्रिएल पाउलिस्टासँग मध्ये डिफेन्समा साझेदारी गर्नेछन् । प्रशिक्षक मार्सेलिन्होले गोन्कालो ग्वेडेस र कार्लोस सोलरलाई विन्ग्समा खेलाउनेछन् । आक्रमणमा भने मिसी बासुआइ र केभिन गामेरियोमध्ये एक खेलाडीले रोड्रीगो मोरेनोसँग खेल्नेछन् ।

लिगअन्तर्गत घरेलु मैदानमा भ्यालेन्सियाले पछिल्ला ३ खेलमा बराबरी खेलेको छ । बार्सिलोना पनि भ्यालेन्सियाविरुद्ध पछिल्ला १३ अवे खेलमा अपराजित रहेको छ । शनिबार रियल म्याड्रिड अलाभेससँग १-० ले पराजित भएसँगै बार्सिलोनालाई शीर्ष स्थानमा अग्रता बनाउने मौका अगाडी आएको छ ।

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.