default_image

6 years ago

October 9, 2018

‘रियलबाट खेल्नु मेरो बाल्यकालदेखिकै सपना’ – इडेन हाजार्ड

लन्डन (एजेन्सी) – बेल्जियम राष्ट्रिय टोलीका कप्तान एवं चेल्सीका स्टार इडेन हाजार्डले रियल म्याड्रिडबाट खेल्ने उनको बाल्यकालदेखिको सपना रहेको बताएका छन् । रियल म्याड्रिडले गत अगस्टमा हाजार्डलाई भित्र्याउने अन्तरिक तयारी गरेको थियो । तर हाजार्डले यस सिजन चेल्सीमै रहने बताएपछि रियल निराश बनेको थियो । हाजार्डले लामो समयदेखि रियल म्याड्रिड आफ्नो बाल्यकालदेखिकै मनपर्ने क्लब रहेको […]

28 views

0 Bookmark

लन्डन (एजेन्सी) – बेल्जियम राष्ट्रिय टोलीका कप्तान एवं चेल्सीका स्टार इडेन हाजार्डले रियल म्याड्रिडबाट खेल्ने उनको बाल्यकालदेखिको सपना रहेको बताएका छन्

रियल म्याड्रिडले गत अगस्टमा हाजार्डलाई भित्र्याउने अन्तरिक तयारी गरेको थियो । तर हाजार्डले यस सिजन चेल्सीमै रहने बताएपछि रियल निराश बनेको थियो । हाजार्डले लामो समयदेखि रियल म्याड्रिड आफ्नो बाल्यकालदेखिकै मनपर्ने क्लब रहेको र त्यहाँ खेल्नु आफ्नो सपना रहेको बताएका थिए । तर उनले चेल्सीमा सम्झौता रहुन्जेल अन्य क्लबबारे सोच्न नहुने अभिव्यक्ति दिएपछि ट्रान्सफर हुने सम्भावना कमजोर बनेको थ्यियो ।

जारी लिग सिजनमा ७ गोल गरिसकेका हाजार्डले चेल्सीसँग सम्झौताबारे बोलेका छन् । हाल चलिरहेको सम्झौता अझै दुई वर्ष चल्नेछ । ‘म अब चेल्सीमा नयाँ सम्झौता हस्ताक्षर गर्छु भनेर अन्त्यमा नगर्ने काम गर्न सक्दिन । मैले अब आफूलाई जे राम्रो हुन्छ त्यहि गर्ने हो । क्लबले मलाई धेरै थोक दिएको छ र क्लबलाई पनि राम्रो हुनुपर्छ । यो मेरो जिन्दगिको सबैभन्दा कठिन निर्णय हुनेछ ,’ उनले भने ।

हाजार्डले जारी सिजन उच्च लयमा खेलिरहेका छन् । उनले रियलको प्रशंसा गर्दै विश्वकै उत्कृष्ट क्लब रहेको पनि बताए । ‘म अहिले राम्रो खेलिरहेको छु । रियल विश्वकै उत्कृष्ट क्लब हो । म झुटो बोल्न चाहन्न । मैले बाल्यकालदेखि नै यो क्लबबाट खेल्छु भन्ने सपना देखेको थिएँ,’ उनले भने ।

‘अब हेरौं भविष्यमा के हुन्छ । म हरेक दिन यसबारे बोल्न चाहन्न । मसँग त्यो समय पनि छैन । तर मैले आफ्नो भविष्यबारे निर्णय छिट्टै लिनुपर्छ,’ हाजार्डले थपे । चेल्सीमा लामो समयदेखि खेल्दै आएका हाजार्ड अर्को सिजन रियल जाने सम्भावाना छ । चेल्सीमा सम्झौता अन्त्य नजिकिनु र रियालमा स्टार खेलाडीको अभाव खड्किनुले ट्रान्सफर सफल हुने संकेत दिएको छ ।

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.