7 years ago
October 9, 2018
एजेन्सी – वर्ष २०१८ को बालोन डि’ओरका लागि ३० खेलाडीको मनोनयन सार्वजनिक भएको छ । क्रिस्टियानो रोनाल्डो र लियोनल मेसी पुनः बालोन डि’ओरको मुख्य आकर्षण बनेका छन् ।

यस वर्ष दुवै खेलाडीले आफ्नो व्यक्तीगत उपाधिमा भने शीर्ष स्थान लिन सकेनन् । यस बर्ष लुका मोड्रिच उपाधिका दावेदारका रुपमा अगाडी आएका छन् । मोड्रिचले फिफा वर्षको सर्वश्रेष्ठ खेलाडी उपाधि समेत जितेका थिए । अब लागौ बालोन डि’ओर २०१८ का १० अनौंठा तथ्यतर्फ ।
तथ्य १
यस वर्षको बालोन डि’ओर अवार्डमा रियल म्याड्रिडका खेलाडीको वर्चस्व रहेको छ । लगातार तेस्रो पटक च्याम्पियन्स लिग विजेता म्याड्रिड एक प्रसिद्ध स्पेनिस क्लब हो । जसले यस बर्षको बालोन डि’ओरक लागि सबै भन्दा बढि ८ खेलाडीले प्रतिनिधित्व गरि रहेको छ । यो नै एकै क्लबबाट सर्वाधिक बालोन डि’ओरका लागि प्रतिनिधित्व गर्ने खेलाडीको संख्या हो ।
तथ्य २
ला लिगाबाट अन्य लिग भन्दा बढि खेलाडी बालोन डि’ओरका लागि छनोट भएका छन् । जहाँ इंग्लिस प्रिमियर लिगबाट ११ खेलाडी छनोट हुँदा फ्रान्सेली लिग वन बाट तीन खेलाडी छनोट भएका छन् । त्यस्तै सिरी-ए बाट मात्र दुई खेलाडीका नाम घोषणा भएको छ । तर, ला लिगाबाट मात्र यस पटक १४ जना खेलाडीको नाम मनोनित भएको छ ।
तथ्य ३
पोर्चुगिज तथा युभेन्ट्सका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले बालोन डि’ओरका लागि यस पटक सहित १४ पटक सहभागिता जनाउँदै छन् । उनका प्रतिद्वन्द्वी अर्जेन्टिनी तथा बार्सिलोनाका स्टार खेलाडी लियोनल मेसीको नाम भने १३ पटक बालोन डि’ओरका लागि मनोनित भएको छ ।

तथ्य ४
यस वर्षका लागि गत वर्ष मनोनित नभएका धेरै जसो खेलाडीको नाम सार्वजनिक भएको छ । यसपटक १२ नयाँ खेलाडीको नाम सार्वजनिक भएको छ । यस वर्ष पनि मनोनित भएका गत वर्षका खेलाडीको औसत उमेर पछिल्लो वर्षको अवार्ड विजेता भन्दा कम छ ।
तथ्य ५
फ्रान्स तथा पेरिस सेन्ट जर्मन (पीएसजी) का युवा स्टार खेलाडी केलियन एमबाप्पे दोस्रो पटक बालोन डि’ओरका लागि मनोनित भएका छन् । यो २० बर्ष भन्दा कम उमेरका खेलाडीको लागि एक नयाँ विश्व रेकर्ड समेत हो ।
तथ्य ६
यस वर्षको बालोन डि’ओरका लागि जर्मनी र इटालिका कुनै पनि खेलाडीको नाम सार्वजनिक भएको छैन् । रुस विश्वकपमा जर्मनी शीर्ष १६ बाट बाहिरिएको थियो भने इटाली झनै रुस विश्वकपका लागि छनोट नै भएको थिएन ।

तथ्य ७
यस वर्षको बालोन डि’ओरका लागि फ्रान्सका ७ खेलाडीको नाम सार्वजनिक गरिएको छ । फ्रान्सका लागि यो संख्या लेस ब्लुजमा १९९८ मा भएको विश्वकप पछिको सबैभन्दा ठुलो संख्या हो । एक पटक फ्रान्सका लागि जिनेदिन जिदानले उक्त अवार्डमा कास्य जितेका थिए ।
तथ्य ८
बालोन डि’ओरका लागि यस वर्ष ३० वर्ष भन्दा बढि उमेरका १३ खेलाडी मनोनित भएका छन् । जुन सुचिमा यो संख्या ४३ प्रतिशतले हो । ३३ बर्षीय रोनाल्डो भने अवार्डमा मनोनित हुने सबैभन्दा पाको खेलाडी बनेका छन् ।
तथ्य ९
यस वर्षको बालोन डि’ओरका लागि छनोट भएका ३० खेलाडी मध्य अधिकांश खेलाडी आक्रमणमा खेल्ने छन् । जुन पछिल्लो वर्षको तुलनाको आधारमा यो वर्ष अधिक आक्रामक खेलाडीको संख्या हो । यस वर्ष सात मिडफिल्डर, चार डिफेन्डर र चार गोलरक्षक समेत सहभागी छन् ।
तथ्य १०
यस वर्षको बालोन डि’ओर अवार्डमा अधिक खेलाडी पछिल्लो रुस विश्वकपमा सहभागि खेलाडीको संख्या मध्यबाट मनोनित भएका छन् । जुन संख्या ३० खेलाडी मध्य २७ खेलाडीको संख्या हो । तर, बाँकी तीन खेलाडी रुस विश्वकपमा सहभागी नभएका खेलाडी रहेका छन् । मनोनयनमा परेका जान ओब्लाक, करिन बेन्जामिन र ग्यारेथ बेल विश्वकपमा थिएनन् ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]