7 years ago
October 9, 2018
काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) ले भारतमा कात्तिक पहिलो साताबाट भारतको सिक्किममा आयोजना हुने गभनर्स गोल्डकपमा सिग्नेचर मनाङ–मस्र्याङ्दी क्लब र विभागीय नेपाल एपीएफ क्लबलाई पठाउने निर्णय गरेको छ ।
एन्फाको मंगलबार बसेको आपतकालीन बैठकले मनाङ र एपीएफलाई पठाउने निर्णय भएको एन्फाले जनाएको छ ।
गभनर्स गोल्डकप कात्तिक ६ गतेदेखि १७ गतेसम्म सिक्किममा आयोजना हुदैछ ।
यस्तैएन्फाको आपतकालीन बैठकले संघको पेश्की फर्छौट समितिको समयाअवधि तीन महिना थप गरिएको छ । समितिको संयोजकमा हरि रायमाझी र सदस्यमा रविन्द्र जोशी रहेका छन् । एक जना सिए समितिले मनोनयन गर्नेछ ।
यस्तै पेश्की फर्छौट समिति गठन भएसँगै पेश्की फर्छौट गर्न बाँकी रहेका व्यक्ति र संघ वा संस्थालाई ३५ दिनभित्र पेश्की फर्छौट गर्न पत्राचार गरिसकेको जनाएको छ ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]