default_image

10 years ago

March 9, 2016

ट्राइब्रेकरमा आर्मीलाई हराउदै हेटौडा फाइनलमा

143 views

0 Bookmark

सिमरा

राष्ट्रिय लिगको उपविजेता नेपाल आर्मीमाथि सडनडेथमा ६–५ को सनसनीपूर्ण नतिजा निकाल्दै सिमरामा जारी सिमरा गोल्डकप फुटबल प्रतियोगिता–२०७२ को फाइनलमा प्रवेश गरेको छ ।

Football

निर्धारित ९० मिनेट र थप गरिएको अतिरिक्त २० मिनेटमा दुवैतर्फबाट १–१ गोल भएपछि खेलको नतिजाको लागि ट्राइब्रेकरको साहारा लिइएको थियो ।

ट्राइब्रेकरमा ५–५ को बराबरी भएपछि सडनडेथमा हेटौंडाले नतिजा आफ्नो पक्षमा पार्दै फाइनलको यात्रा तय गरेका थिए ।

गत हप्तामात्र हेटौंडामा सम्पन्न अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगितामा भोगेको पराजयको बदला हेटौंडेली टोलीले सिमरामा लियो ।

ट्राइब्रेकरमा हेटौंडाको तर्फबाट सुनिल बल, सञ्जय राजबाहक, भूपाल गुरुङ, रवि भण्डारी, विश्व अधिकारी र सुनिल बिकले गोल गरेका थिए । आर्मीको तर्फबाट जितेन्द्र कार्की, भरत खवास, रञ्जित धिमाल, दीपक गुरुङ र विकेश कुथुले गोल गरेका थिए ।

आर्मीका सन्तोष तामाङको प्रहार भने पोलमा लागेर फर्किएको थियो । खेलको दश मिनेटमा आर्मीले जितेन्द्र कार्कीको गोलबाट अग्रता लिएको थियो । उनले दशौं मिनेटमा हेटौंडाका डिफेन्डर मनोज बिष्टले आर्मीका टंक बस्नेतलाई लडाएबापत् प्राप्त पेनाल्टिमा गोल गरेका थिए ।

निर्धारित ९० मिनेट सकिन तीन मिनेट बाँकी रहेको अवस्थामा हेटौंडाले खेललाई बराबरीमा ल्याएको थियो । हेटौंडाका लागि विमल रानाले बराबरी गोल गरेका थिए । उनी खेलका म्यान अफ दी म्याच समेत घोषित भए ।

मोफासलको सर्वाधिक नगद पुरस्कार राशी भएको यस गोल्डकपको फाइनलमा हेटौंडाको प्रतिनिधित्व गरेको विजय युथले बीरगञ्ज–११ र रुपन्देही–११ बीचको विजेतासँग शनिबार बाराको सिमरास्थित रंगशलामा प्रतिस्पर्धा गर्नेछ  ।

December 5, 2025

म्यानचेस्टर युनाइटेड रोकियो

एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]

December 4, 2025

विकटेश्वर , एसओएस र एनपिएस विजयी

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन‌ आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]

December 4, 2025

आर्सनल विजयी, चेल्सीको‌ हार

एजेन्सी – ‌ प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको‌ छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]

Success

Thank you for your time.